सुर्खेत । कर्णाली प्रदेश सरकारले कर्णालीका विभिन्न अस्पताल र स्वास्थ्य संस्थामा कार्यरत ६९ जना कर्मचारीको सरुवा गरेको छ । सामाजिक विकास मन्त्रालयको आइतबारको निर्णय अनुसार कर्मचारी सरुवा गरिएको सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले जानकारी दिए । जसमा कार्यालय सहयोगीदेखि अधिकृत, नर्स, प्राविधिक सहायक, रेडियोग्राफर, फार्मेसी अधिकृतलगायतका कर्मचारीहरु छन् । कार्यक्षेत्रमा व्यापक हेरफेर गरिएको छ ।
सरुवा भएका कर्मचारीहरूले तोकिएको कार्यालयमा हाजिर भई नियमित जिम्मेवारी सम्हाल्नुपर्ने सूचना मार्फत् स्पष्ट गरिएको छ ।
जसमध्ये शिक्षा/शिक्षा प्रशासन समूहतर्फ मानव संसाधन विकास केन्द्र सुर्खेतमा कार्यरत विमलप्रसाद ढकाललाई शिक्षा विकास निर्देशनालय सुर्खेत, सामाजिक विकास मन्त्रालयका तुलराज चौलागाईलाई सामाजिक विकास कार्यालय रुकुमपश्चिम, शिक्षा विकास निर्देशनालयका भिमप्रसाद पोखरेललाई मानव संशाधन विकास केन्द्र सुर्खेतमा सरुवा गरिएको छ । त्यस्तै स्वास्थ्य सेवा कार्यालय रुकुमबाट डाक्टर महेश चौलागाई, प्रेमा केसी र यमुना पुन, स्वास्थ्य सेवा कार्यालय कालीकोटबाट भिष्मप्रसाद पोखरेल, सुजिता शाही, आनन्दप्रसाद पनेरु, स्वास्थ्य सेवा कार्यालय सुर्खेतका गणेशभक्त गौतम र प्रदेश स्वास्थ्य सेवा निर्देशनालयबाट टिकाराम जैसीलाई प्रदेश अस्पताल सुर्खेतमा सरुवा गरिएको छ ।




प्रतिक्रिया दिनुहोस्