२०८३ भदौ २९ , सोमबार
बजार

४ रुपैयाँले घट्यो डिजेल र मटिट्तेलको मूल्य



 

सुर्खेत । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ । डिजेल र मटिट्तेलमा प्रतिलिटर ४ रुपैयाँ मूल्य घटेको जनाएको हो । पेट्रोल र एलपी ग्यासको मूल्य भने यथावत रहेको निगमले जनाएको छ । यस्तै हवाई इन्धनमा आन्तरिकतर्फ १ र अन्तर्राष्ट्रियतर्फ काठमाडौंका लागि ७ अमेरिकी डलर घटेको निगमले आइतबार साँझ विज्ञप्ति प्रकाशित गरी जानकारी दिएको छ । इन्डियन आयल कर्पोरेसनले मूल्य समायोजन गरेर पठाएको भन्दै निगमले खुद्रा मूल्यमा हेरफेर गरेको हो ।

प्रकाशित मिति : २०८२ भदौ १५ गते आइतबार