२०८३ वैशाख ५ , शनिबार
गुर्भाकोटमा स्वास्थ्य शिविर

दुई सय ५५ जना दिदीबहिनी लाभाम्वित



सुर्खेत । सुर्खेतको गुर्भाकोटमा निःशुल्क स्वास्थ्य शिविर गरिएको छ । गुर्भाकोट नगरपालिका–११, मेहेलकुना अस्पतालमा महिलामुखी निःशुल्क स्वास्थ्य शिविर गरिएको हो ।
शिविरमा दुई सय ५५ जना महिलाले सेवा लिएका छन् । सेवा लिएका मध्ये २० जनालाई जटिल समस्या देखिएको छ । जटिल स्वास्थ्य समस्या देखिएका महिलाहरुलाई थप उपचारका लागि प्रदेश अस्पताल रिफार गरिएको छ । शिविरमा ३० वर्षमाथिका महिलाको पाठेघर मुखको क्यान्सर, अङ्ग खस्ने समस्या लगायतको स्वास्थ्य परीक्षण गरिएको थियो ।
सुन्दर कर्णाली संस्थाको आयोजनामा तथा वुमन फोरम निकुञ्ज अष्ट्रेलियाको आर्थिक सहयोगमा शिविर गरिएको सुन्दर कर्णाली संस्थाकी अध्यक्ष निर्मला अधिकारीले जानकारी दिइन । उनका अनुसार ५ जना महिलामा रिङ पेसरी राखिएको, अन्यलाई निःशुल्क औषधि वितरण र चिकित्सक परामर्श सेवा प्रदान गरिएको छ ।
गैरआवासीय नेपाली सङ्घ अन्तर्गतको नारी निकुञ्ज अष्ट्रेलियाले विगतदेखि नै नेपालका दुर्गम भेगमा महिलामुखी स्वास्थ्य सेवा पु¥याउँदै आएको छ । सोही निकुञ्जसँगको सहकार्यमा सुन्दर नेपालले शिविर सञ्चालन गरेको हो । गुर्भाकोट नगरप्रमुख हस्त पुनले उद्घाटन गरेको शिविरमा प्रदेश अस्पतालका निर्देशक डाक्टर डम्बर खड्का लगायतका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले सेवा दिएका थिए ।

प्रकाशित मिति : २०८२ भदौ १५ गते आइतबार