सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले वीरेन्द्रनगरका २ वटा होटलमा छापा मारेको छ । उच्छृङ्खल तथा यौनजन्य गतिविधिमा गरेको सूचनाका आधारमा प्रहरीले होटलमा छापा मारेको हो । पक्राउ पर्नेहरुमा होटल सञ्चालकदेखि ग्रायक समेत छन् ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार पक्राउ पर्नेहरुमा दैलेख नौमुले गाउँपालिका–१ घर भई वीरेन्द्रनगर–६ स्थितभुमिका रेस्टुरेन्ट एण्ड लजका सञ्चालन गरिरहेका ५२ वर्षीय भक्तिराम जैशी, जाजरकोट जुनीचाँदे–९ घर भई वीेन्द्रनगर ६ मा सुरेश होटल सञ्चालन गरिरहेकी ३४ वर्षीया देविका शाही छन् ।
त्यस्तै सुर्खेत वीरेन्द्रनगर–३ का २६ वर्षीय कबिप्रसाद पौडेल, जाजरकोट घर भई हाल वीरेन्द्रनगर–६ बस्ने २६ वर्षीया दिक्षा ठकुरी, डोल्पा त्रिपुरासुन्दरी–१ का २० वर्षीय मनचन्द्र सार्की, १९ वर्षीय मनरुप सार्की, १९ वर्षीय कृष्ण सार्की, दैलेख गुराँस–३ की १९ वर्षीया हिमा बुढा क्षेत्री, सुर्खेत बराहाताल–४ की २१ वर्षीया अमृता मगर र अछाम साँफेबगर–४ का ४५ वर्षीय लोकबहादुर दियाली रहेका छन् । पक्राउ परेका पुरुषहरु सेवा लिन र महिलाहरु सेवा दिन पुगेका थिए । यी होटलहरुमा लामो समयदेखि यौनजन्य व्यवसायी गर्दै आएको प्रहरीमा सूचना पुगेको थियो । सोही सूचनाका आधारमा प्रहरीले सार्वजनिक हित, स्वास्थ्य सुरक्षा र नैतिकता विपरीत गतिविधिमा संलग्न भएको आरोपमाउनीहरुलाई नियन्त्रणमा लिइएको हो । उनीहरुबिरुद्ध सार्वजनिक हित, स्वास्थ्य सुरक्षा तथा नैतिकता विरुद्धको मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीको जनाएको छ ।
प्रकाशित मिति : २०८२ भदौ १४ गते शनिबार
प्रतिक्रिया दिनुहोस्