२०८३ वैशाख ५ , शनिबार

नेपाल प्रगतिशील प्राध्यापक संगठनको अध्यक्षमा बुढा



नेपाल प्रगतिशील प्राध्यापक संगठन कर्णाली प्रदेश कमिटीको दोस्रो ऐतिहासिक अधिवेशन भव्यतापूर्वक सम्पन्न भएको छ । अधिवेशनबाट डबल बहादुर बुढा अध्यक्षसहितको सर्वसम्मत नयाँ कमिटी चयन गरेको छ । जसको उपाध्यक्षमा दीपेन्द्र कुमार खत्री सचिवमा भीम बहादुर रोकाया, सह-सचिवमा बालकृष्ण बि सी र कोषाध्यक्षमा फुलमती खराल  निर्वाचित भएका  छन् । यस्तै, सदस्यमा नारायण ढकाल, ताराकेसर रावत, हरिकृष्ण थापा, प्रविन भुसाल, कल्पना पौडेल, डिल्लीराम भण्डारी, वीरेन्द्र बुढा र गोविन्द भट्टराई चयन भएका छन् ।

कार्यक्रमलाई उद्घाटन शस्त्रलाई सम्बोधन गर्ने वक्ताहरूले शिक्षालाई जनतामुखी, प्रगतिशील र सामाजिक न्यायको आधारमा रुपान्तरण गर्न प्राध्यापकहरूको भूमिका महत्वपूर्ण हुनेमा जोड दिएका थिए । उनिहरूले संगठनले शिक्षासम्बन्धी नीति निर्माणमा र प्रगतिशील विचारको प्रचार–प्रसारमा अझ सक्रिय भूमिका खेल्ने विश्वास व्यक्त गरेका थिए ।

नव निर्वाचित अध्यक्ष डबल बहादुर बुढाले अधिवेशनमा आस्थापूर्वक दिएको जिम्मेवारीलाई ईमानदार ढंगले पूरा गर्दै संगठनलाई कर्णालीमा मात्र नभई राष्ट्रिय स्तरमै प्रभावशाली बनाउन योगदान गर्ने प्रतिबद्धता व्यक्त जनाए ।

अधिवेशनमा कर्णाली प्रदेशका विभिन्न जिल्लाबाट प्राध्यापकहरूको सक्रिय सहभागिता रहेको थियो । अधिवेशनले संगठनलाई एकताबद्ध गर्दै शिक्षा क्षेत्रमा विद्यमान चुनौती समाधानका लागि सामूहिक पहल गर्ने निर्णय पनि गरेको छ ।

प्रकाशित मिति : २०८२ भदौ १४ गते शनिबार