२०८३ कात्तिक १८ , बुधबार
माटो खन्ने क्रममा नलगाडमा दुर्घटना

चार जना घाइते, एक जनाको अवस्था गम्भीर



सुर्खेत । घर पोत्ने माटो खन्ने क्रममा माटोको ढिस्को खस्दा चार जना घाइते भएका छन्। रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–११ चौरका उनीहरू जाजरकोटको नलगाड नगरपालिका–७ दल्ली नजिक माटो खन्ने क्रममा ढिस्कोमा पुरिएका हुन्।

घर पोत्ने माटो लिन गएका चारै जना एकैपटक माथिबाट खसेको माटोको ढिस्कोमा पुरिएर घाइते भएको बताइएको छ। उनीहरूको स्थानीय नगर अस्पतालमा उपचार भइरहेको छ। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको आठबिसकोट नगरपालिकाका प्रमुख डम्बर रावतले जानकारी दिनुभयो। गम्भीर घाइतेलाई प्राथमिक उपचारपछि थप उपचारका लागि सुर्खेत रिफर गरिएको उहाँले बताउनुभयो।

प्रकाशित मिति : २०८३ कात्तिक १८ गते बुधबार