
सुर्खेत । नेपाल प्रगतिशील प्राध्यापक सङ्गठन कर्णाली प्रदेश कमिटी दोस्रो ऐतिहासिक अधिवेशन शुक्रबार वीरेन्द्रनगरमा सम्पन्न भएको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले उद्घाटन गरेको अधिवेशन वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकाल, मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति ध्रुवकुमार गौतम, नेकपा एमाले कर्णाली प्रदेशका अध्यक्ष गुलावजंग शाह, एमाले कर्णाली प्रदेश संसदीय दलका प्रमुख सचेतक टेकराज पछाई लगायत सहभागी थिए । नेपाल प्रगतिशील प्राध्यापक सङ्गठन नेकपा एमाले निकट प्राध्यापकहरुको संगठन हो । अधिवेशन नेपाल प्रगतिशील प्राध्यापक सङ्गठन कर्णाली प्रदेश कमिटीका अध्यक्ष कमलराज लम्सालको अध्यक्षतामा सम्पन्न भएको हो ।
प्रकाशित मिति : २०८२ भदौ १३ गते शुक्रबार
प्रतिक्रिया दिनुहोस्