२०८३ वैशाख ५ , शनिबार
कर्णाली राजमार्ग फेरि अवरुद्ध

एम्बुलेन्स बाटाेमै राेकिए, जुम्लाबाट ल्याइएका स्याउ कुहिने डर



 

सुर्खेत । माथिल्लो कर्णालीवासीलाई सधैँ रुवाई रहने कर्णाली राजमार्ग फेरि अबरुद्ध भएको छ । विहीबार राती परेको अविरल वर्षापछि आएको बाढी र पहिरोले विभिन्न ठाउँमा सडक अबरुद्ध छ । सडक अबरुद्ध भएपछि विरामी बोकेका एम्बुलेन्स समेत पास हुन सकेका छैनन् । ‘शुक्रबारको पानीले कर्णाली राजमार्ग पुनः अबरुद्ध भएको छ’ कालीकोटका प्रहरी प्रमुख टेकबहादुर रावतले भने, ‘कालेखोला सडक फेरि भत्कीएपछि ठूला सवारी साधान पास हुने अवस्था छैन ।’ बुधबार बाढीले बगाएको कालोखोलाको सडकको डिलतिरको भाग पुनः भत्किएको छ ।

सडक पुनः बगाएपछि जिप, हाइस, एम्बुलेन्स पनि छिर्न नसक्ने अवस्था रहेको घटनास्थलमा रहेका प्रहरीले जनाएका छन् ।
सडक अबरुद्ध भएपछि जुम्लाबाट स्याउ बोकेर आएका ट्रक बाटोमै रोकिएका छन् । व्यवसायी नरेश न्यौपानेलसडक पहिरोले अवरुद्ध हुँदा जुम्लाबाट खरिद गरेर ल्याइएका स्याउ कुहिने डर भएकोे दुखेसो पोखे । ‘१० टन जुम्लाको स्याउ खरिद गरेर ल्याएको छु’ उनले भने, ‘सडक अवरुद्ध भएकोले बाटोमै कुहिने डर भयो ।’ वर्षा नरोकिएकोले सडक खुलाउने काम हुन सकेको छैन । अवरुद्ध सडक सञ्चालन गर्न सडक डिभिजन कार्यालय जुम्लाले मेसिन तयारी अवस्थामा राखेको जनाएको छ । कालीकोटको खाँडाचक्र नगरपालिका–२ कालेखोला, एसमोड, गगने खोला, दहीखोला र हुल्ममा बारम्बार पहिरो गएको छ ।

प्रकाशित मिति : २०८२ भदौ १३ गते शुक्रबार