
सुर्खेत । बन्यजन्तु तस्करीको आरोपमा डोल्पाका सूर्यबहादुर बुढाथोकी पक्राउ परेका छन् । भारतीय प्रहरीले उनलाई २ किलो ३ सय ग्राम चरेस र १ सय ७५ ग्राम भालुको पित्तसहित पक्राउ गरेको हो । पक्राउ परेका बुढाथोकीका साथबाट प्रहरीले झण्डै एक करोड मूल्य बराबरको भालुको पित्त र चरेस नियन्त्रणमा लिइएको छ । भारतीय प्रहरीले उनलाई भारतको उत्तराखण्ड राज्यको पिथौरागडबाट नियन्त्रणमा लिइएको हो । पक्राउ परेका बुढाथोकी माथि एनडीपीएस ऐन ८ र २० अन्तर्गत लागुऔषध मुद्दा र वन्यजन्तु संरक्षण ऐन ४०, ४९, ५० र ५१ अनुसार धारचुला कोतवालीमा मुद्दा दर्ता गरी आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ । उनलाई न्यायिक हिरासतमा पेस गरिएको भारतीय प्रहरीले जनाएको छ । भारतले उत्तराखण्ड राज्यलाई लागुऔषध मुक्त बनाउने उद्देश्यले सञ्चालन गरिएको ‘ड्रग फ्री देवभूमि’ अभियान चलाइ रहेकाे छ । स्राेत : मनोज बडूइकान्तिपुर
प्रतिक्रिया दिनुहोस्