२०८३ कात्तिक १२ , बिहीबार
छनोट प्रतियोगिता सम्पन्न

तस्बिरमा हेर्नुहोस् समापन समारोह



सुर्खेत। दशौ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि कर्णाली प्रदेशले प्रदेशस्तरिय खेलाडी छनौट प्रतियोगिता आइतबार सम्पन्न गरेको छ ।

छनोट प्रतियोगिताको समापन हरूलाई सम्बोधन गर्दै कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री जितबहादुर मल्ल। ।

असोज २६ गतेदेखि सुरु भएको छनौट प्रतियोगितामा क्रिकेट, भलिबल, फुटलब, कवड्डी, टेबलटेनिस लगायतका विभिन्न १५ वटा विधाका छनौट प्रतियोगिताहरु सम्पन्न गरेको हो । समापन समारोहलाई कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री जितबहादुर मल्लले दशौँ राष्ट्रिय प्रतियोगितामा बढीभन्दा बढी पदक ल्याउने गरी खेलाडीलाई तयारी अवस्थामा रहन निर्देशन दिए । उनले अन्य प्रदेशभन्दा कर्णालीले खेलाडी छनोट पहिले नै गरिसकेको बताउँदै पदक लिन पनि कर्णाली अब्बल हुनुपर्ने बताए ।

फुटबल प्रतियोगितामा च्याम्पियन बनेको हुम्लाको टोलीसँग प्रमुख अतिथि लगायतका अतिथिहरू ।

समारोहलाई सम्बोधन गर्दै कर्णाली खेलकुद विकास समितिका उपाध्यक्ष प्रमोद हमालले दशैं लगत्तै छनोट भएका खेलाडीहरूलाई बन्द प्रशिक्षणमा राखिने बताए ।

छनौँट प्रतियोगितामा भलिबलमा पुरुषतर्फ सल्यान र महिलातर्फ रुकुमपश्चिम, क्रिकेटमा महिलातर्फ सल्यान र पुरुषतर्फ दैलेख, फूटबलमा पुरुषतर्फ डोल्पा र महिलामा सुर्खेत च्याम्पिएन बनेको छन् । प्रतियोगिता सकिएपनि खेलाडी छनौटको काम भने टुंगिएको छैन । दशै लगतै खेलाडीको संख्या र नाम टुंङ्गो लगाएर बन्द प्रशिक्षणमा राख्ने कर्णाली खेलकुद विकास परिषद्का सदस्य सचिव रविन्द्र चन्दले जानकारी दिए ।

प्रतियोगिताको समापन समारोहलाई सम्बोधन गर्दै कर्णाली खेलकुद विकास परिषदका सदस्य सचिव रविन्द्र चन्द।

समापन समारोहमा खेलाडी प्रशिक्षक र विभिन्न क्षेत्रबाट सरसहयोग गर्ने व्यक्तिहरुलाई सम्मान गरिएको थियो।

समापन समारोहलाई सम्बोधन गर्दै कर्णाली खेलकुद विकास परिषदका उपाध्यक्ष प्रमोद हमाल।

खेलाडी, खेलाडी टिम र खेल संरचना अभावका कारण खोको, पौडी लगायतका विभिन्न १७ वटा विधाका खेलाडीहरु सिधै छनौट गर्ने कर्णाली प्रदेश खेलकुद विकास परिषदले जनाएको छ । जम्मा १५ वटा विधाका छनौट खेल मात्रै गरेको कर्णालीले आगामी दशौँ राष्ट्रिय प्रतियोगितामा भने डबल विद्यामा पदक ल्याउने दाबी गरेको छ ।

प्रतियोगितामा मेडिकल टिमको नेतृत्व गर्ने प्रशंसा पत्र दिँदै कर्णाली खेलकुद विकास परिषदका सदस्य एवं छनोट प्रतियोगिताका सुर्खेत संयोजक भीमकुमारी भुसाल। ।

प्रदेशस्तरिय छनौट प्रतियोगिता गर्नुअघि असोज १६ देखि २२ गतेसम्म कर्णालीले जिल्ला छनौटका प्रतियोगिताहरु गरेको थियो । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मंसिर १६ गतेदेखि कर्णालीमा गर्ने तयारी छन् । यो प्रतियोगितामा विभिन्न ३२ विद्याका खेलहरु हुनेछन् ।

फुटबल प्रतियोगिताको उपविजेता सुर्खेतको टोलीसँग अतिथि लगायत ।

प्रकाशित मिति : २०८३ कात्तिक १ गते आइतबार