२०८३ कात्तिक १३ , शुक्रबार
दाैड प्रतियाेगिता

पुरुषतर्फ सुवास र महिलातर्फ  उर्मिला प्रथम



सुर्खेत । दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता–२०८३ अन्तर्गत कर्णाली प्रदेशस्तरीय छनोट प्रतियोगिताको १०० मिटर दौडमा पुरुषतर्फ डोल्पाका सुवास ठकुल्ला र महिलातर्फ सुर्खेतकी उर्मिला राजी प्रथम भएका छन्।

छनोट प्रतियोगितामा सुवासले ११.१५ सेकेन्डमा निर्धारित दूरी पार गर्दै पहिलो स्थान हासिल गरे। सुर्खेतका रामबहादुर नेपाली ११.३४ सेकेन्डका साथ दोस्रो, जाजरकोटका निर्माण बीके ११.६२ सेकेन्डका साथ तेस्रो र कालीकोटका दिनेश बम १२.०४ सेकेन्डका साथ चौथो भए।

त्यस्तै, महिलातर्फ उर्मिलाले १३.८० सेकेन्डमा दौड पूरा गर्दै पहिलो स्थान हासिल गरिन्। जुम्लाकी सोमिता बुढवाल १४.०४ सेकेन्डका साथ दोस्रो, जाजरकोटकी लक्ष्मी बीके १४.५२ सेकेन्डका साथ तेस्रो र सल्यानकी सिर्जना बीके १४.८९ सेकेन्डका साथ चौथो स्थानमा रहिन्।

प्रदेशस्तरीय छनोट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीले दसौं राष्ट्रिय खेलकुद प्रतियोगितामा कर्णाली प्रदेशको प्रतिनिधित्व गर्ने अवसर पाउनेछन्। यस छनोटले राष्ट्रिय प्रतियोगिताका लागि प्रदेशबाट उत्कृष्ट धावक छनोट गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २०८३ असोज ३१ गते शनिबार