२०८३ कात्तिक १२ , बिहीबार
प्रदेश स्तरिय छनौट प्रतियोगिता

पुरूष भलिबलमा सल्यान च्याम्पियन



सुर्खेत। दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि कालीकोटको मान्ममा सञ्चालित कर्णाली प्रदेशस्तरीय पुरुष भलिबल छनोट प्रतियोगिता सम्पन्न भएको छ। प्रतियोगितामा सल्यान प्रथम हुँदा सुर्खेत दोस्रो, रुकुमपश्चिम तेस्रो र दैलेख चौथो भएका छन्।

कर्णाली प्रदेशका विभिन्न जिल्लाका टोलीबीच प्रतिस्पर्धा भएको प्रतियोगितामा सल्यानले पहिलो स्थान हासिल गरेको हो। सुर्खेत दोस्रो हुँदा तेस्रो स्थानका लागि भएको प्रतिस्पर्धामा जित निकाल्दै रुकुमपश्चिमले तेस्रो स्थान सुरक्षित गरेको छ। दैलेख प्रतियोगितामा चौथो भएको छ।

प्रतियोगितालाई व्यवस्थित, अनुशासित र मर्यादित रूपमा सञ्चालन गर्न कर्णाली प्रदेश खेलकुद परिषद्का सदस्य पंखबहादुर मल्लले प्रत्यक्ष निगरानीसहित भूमिका निर्वाह गरेका थिए। खेलाडीलाई सम्मानजनक वातावरण उपलब्ध गराउँदै निष्पक्ष प्रतिस्पर्धा र खेलभावनालाई प्राथमिकता दिइएको आयोजकले जनाएको छ।

प्रतियोगितामा खेलाडीले देखाएको प्रदर्शनका आधारमा दसौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा कर्णाली प्रदेशको प्रतिनिधित्व गर्ने खेलाडी छनोट गरिनेछ। प्रदेशस्तरीय छनोट प्रतियोगिताले प्रतिभावान खेलाडी पहिचान गरी राष्ट्रिय प्रतियोगिताका लागि तयार पार्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

राष्ट्रिय खेलकुदमा कर्णालीको पुरुष भलिबल टोलीले पदकका लागि प्रतिस्पर्धा गर्ने लक्ष्य राखेको अवस्थामा प्रदेशस्तरीय छनोटबाट उत्कृष्ट खेलाडी छनोट गर्नु महत्त्वपूर्ण हुनेछ। छनोटपछि खेलाडीको क्षमता, खेल कौशल र टोलीबीचको समन्वय विकास गर्न प्रशिक्षणले निर्णायक भूमिका खेल्नेछ।

प्रकाशित मिति : २०८३ असोज ३१ गते शनिबार