२०८३ कात्तिक १३ , शुक्रबार
दशाै राष्ट्रिय खेलकुद प्रतियाेगिता

खेलाडी छनोटमा जुट्याे कर्णाली प्रदेश



सुर्खेत  ।  दसौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा कर्णाली प्रदेशबाट सहभागी हुने खेलाडी छनोट प्रक्रिया सोमबारदेखि सुरु भएको छ। कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले प्रदेशका विभिन्न जिल्लामा खेल विधाअनुसार छनोट प्रतियोगिता सञ्चालन गरेको हो।

परिषद्का सदस्यसचिव रविन्द्र चन्दका अनुसार सोमबारदेखि सुर्खेतमा फुटबल, ब्याडमिन्टन र बक्सिङ, दैलेखमा कराँते, हुम्लामा तेक्वान्दो, सल्यानमा टेबलटेनिस तथा मुगुमा कबड्डीका खेलाडी छनोट सुरु गरिएको छ।

साेमबारदेखि शुरू भएकाे प्रदेशस्तरिय छनाैट खेलकाे उद्घाटन समाराेहका सहभागी खेलाडीहरू ।

साेमबारदेखि शुरू भएकाे प्रदेशस्तरिय छनाैट खेलकाे उद्घाटन समाराेहका सहभागी खेलाडीहरू ।

३२ खेल विधामा प्रतिस्पर्धा हुने दसौँ राष्ट्रिय खेलकुदका लागि प्रदेशस्तरीय छनोट चरणबद्ध रूपमा सञ्चालन भइरहेको छ। सोमबार सुरु नभएका अन्य खेलका छनोट प्रतियोगिता मंगलबार र बुधबारदेखि सुरु हुने परिषद्ले जनाएको छ। छनोट प्रतियोगिता असोज ३१ गतेसम्म सञ्चालन हुनेछ।

प्रदेशस्तरीय छनोटबाट राष्ट्रिय प्रतियोगितामा कर्णालीको प्रतिनिधित्व गर्ने खेलाडी तय गरिनेछन्। छनोट प्रक्रिया पूरा भएपछि खेलाडीलाई बन्द प्रशिक्षणमा राख्ने परिषद्को तयारी छ। परिषद्का अनुसार दसैँ–तिहारलगत्तै बन्द प्रशिक्षण सुरु गर्ने योजना बनाइएको छ।

साेमबारदेखि शुरू भएकाे प्रदेशस्तरिय छनाैट खेलकाे उद्घाटन समाराेहका सहभागी अतिथीहरू

छनोट प्रतियोगिताको उद्घाटन गर्दै कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री जीतबहादुर मल्लले राष्ट्रिय प्रतियोगितामा पदक जित्ने लक्ष्यसहित खेलाडी छनोट गर्नुपर्ने बताए। उनले छनोट भएका खेलाडीले उच्च मनोबलका साथ प्रतियोगितामा प्रतिस्पर्धा गर्नुपर्नेमा जोड दिए।

कर्णालीमा आयोजना हुने दसौँ राष्ट्रिय खेलकुद प्रदेशका खेलाडीको क्षमता प्रदर्शन गर्ने महत्त्वपूर्ण अवसरसमेत हो। त्यसैले छनोट प्रक्रियादेखि बन्द प्रशिक्षणसम्म खेलाडीको क्षमता, प्रदर्शन र तयारीलाई प्राथमिकता दिनुपर्ने देखिन्छ।

प्रकाशित मिति : २०८३ असोज २६ गते सोमबार