२०८३ वैशाख ५ , शनिबार

अछाममा त्रिपाल टाँगेर छाउ बारेकी आमाछोरीको मृत्यु



सुर्खेत । अछामको पञ्चदेवल विनायक नगरपालिकामा महिनावारी भएपछि त्रिपालमा सुतेका १ बालिका सहित दुईजनाको ढुङ्गा खस्दा मृत्यु भएको छ । नगरपालिकाको वडानम्वर –८ सेलापानीस्थित चुरखोली टोल बस्ने ३५ वर्षकी निम खनाल र ७ बर्षकी कविता भण्डारीको शुक्रबार बिहान साढे पाँच बजे ढुङ्गा खस्दा घटास्थलमा मृत्यु भएको हो ।

घटनामा परि ३६ बर्षिय रत्ना भण्डारीको टाउकोमा गम्भीर चोट लागेको छ । उहाँको अवस्था गम्भीर भएकाले नेपालगंज रिफर गरी उपचार भईरहेको छ । गएराती तीनै जना घर नजिकै ५० मिटर टाढा खेतबारीमा त्रिपाल टाँगी सुतेको स्थानीयले बताएका छन । जिल्ला प्रहरी कार्यालय अछामका डीएसपी ओमप्रकाश खनालले स्थानीयहरूसँग बुझ्दा महिनावारी भएपछि उनीहरू त्रिपालमा सुतेको बुझिन आएको बताउनु भयो । मृत्यु हुने वालिका घाईते रत्नाको छोरी भएको र आमासंग सुत्न गएको बताईएको छ । परम्परागत रुढीवादी मान्यताका कारण छाउ हुदा घरदेखि टाढा सुत्नुपर्ने चलनले सुदूर तथा मध्यपश्मिका जिल्लाहरुमा महिनैपिछे धेरै महिलाहरुको अकालमा मृत्यु हुने गरेको छ ।

प्रकाशित मिति : २०८२ भदौ १३ गते शुक्रबार