
सुर्खेत । कर्णाली प्रदेश सरकारले विपन्न नागरिकको घाउमा मह्लम लगाउन शुरु गरेका छ । प्रदेशको सामाजिक विकास मन्त्रालयले विपन्न नागरिकको उपचार सहायता कार्यक्रमबाट उनीहरुलाई घाउमा मह्लव लगाउन थालेको हो । गएको आर्थिक वर्ष २०८१/०८२ मा मात्रै १ सय ३१ जना विपन्न नागरिकको उपचारमा सहयोग गरेको सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले जानकारी दिए । मुटुरोग, क्यान्सर, स्पाइनल इन्जुरी, प्यारालाइसिस, मृर्गाैला प्रत्यारोपन जस्ता रोगबाट ग्रसित विपन्न नागरिकको उपचारमा सहयोग गरेको मन्त्री भण्डारीले जानकारी दिए । प्रदेशभरका १ सय ३१ जना विपन्न नागरिकको उपचारका लागि एक करोड १४ लाख रुपैयाँ सहयोग गरेको छ । जनही एक लाख रुपैयाँसम्म सहायता रकम सहयोग गरेको मन्त्रालयले जनाएको छ ।
अब मुटुरोग, मृर्गाैला रोग, क्यान्सर, पार्किन्सन्स, अलजाइमर्स, स्पानल इञ्जुरी, हेड इञ्जुरी, एनिमिया, रिकेटस, अटिजम र सिकलेस एनिमिया रोगका विरामीलाई सहयता उपलब्ध गराउने गरी कार्यक्रम मरिमार्जन गरिएको मन्त्री भण्डारीले बताए ।
मन्त्रालयले चालु आर्थिक वर्षमा पनि विपन्न नागरिक उपचार सहायता कार्यक्रमका लागि बजेट बिनियोजन गरेको छ । चालु आर्थिक वर्षमा नयाँ रोगीहरुलाई पनि सहायता दिनेगरी कार्यक्रम परिमार्जन गरिएको मन्त्रालयले जनाएको छ । अब मुटुरोग, मृर्गाैला रोग, क्यान्सर, पार्किन्सन्स, अलजाइमर्स, स्पानल इञ्जुरी, हेड इञ्जुरी, एनिमिया, रिकेटस, अटिजम र सिकलेस एनिमिया रोगका विरामीलाई सहयता उपलब्ध गराउने गरी कार्यक्रम मरिमार्जन गरिएको मन्त्री भण्डारीले बताए ।
सहायता रकम विरामीले प्रदेशको स्वास्थ्य सेवा निर्देशनालयबाट प्राप्त गर्ने छन् । बिल सहित आवश्यक कागजात विरामीले प्रदेशको स्वास्थ्य सेवा निर्देशनालयमा पेश गर्नुपर्ने छ भने उक्त बिलको आधारमा एक लाख रुपैयाँ नकट्नेगरी निर्देशनालले विरामीको खातामा रकम जम्मा गरिदिने व्यवस्था छ ।
यो रोगका विरामीले नजिकको सेवा प्रदायक स्वास्थ्य संस्थामा उपचार सम्भव नभई थप उपचारका लागि विशिष्टिकृत स्वास्थ्य सेवा प्रवाह लिनुपर्ने अवस्थामा मन्त्रालयले उपचार सहयता रकम दिनेछ । विपन्न नागरिकलाई संघीय सरकारले पनि सहयोग उपलब्ध गराउँदै आएको छ । तर संघीय सरकारले उपलब्ध गराउने रकम अपुग हुने भएपछि प्रदेश सरकारले पनि विपन्न नागरिकको उपचारका लागि सहायता कार्यक्रम लागू गरिएको हो । यद्यपी एउटै सरकारले दिएको सहायताबाट उपचार सम्भव भएको खण्डमा भने दोहोर रकम लिन पाउने छैनन् । यही कारण विरामीले उपचार गर्दा लागेको खर्चको विवरणका लागि अस्पतालले दिएको बिल सहित आवेदन दिनुपर्ने व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ । सहायता रकम विरामीले प्रदेशको स्वास्थ्य सेवा निर्देशनालयबाट प्राप्त गर्ने छन् । बिल सहित आवश्यक कागजात विरामीले प्रदेशको स्वास्थ्य सेवा निर्देशनालयमा पेश गर्नुपर्ने छ भने उक्त बिलको आधारमा एक लाख रुपैयाँ नकट्नेगरी निर्देशनालले विरामीको खातामा रकम जम्मा गरिदिने व्यवस्था छ ।
चालु आर्थिक वर्षमा पूदेश सरकारले मृर्गाैला तथा कलेजो प्रत्यारोपन रोगका विरामीलाई समेत उपचारमासहयोग गर्ने भनेको छ । मृर्गाैला तथा कलेजोका विरामीलाई उपचारमा सहयोग पुगोस् भन्ने उद्देश्यले चालु आर्थिक वर्ष २०८२/०८३ का लागि बजेट बिनियोजना गरिएको सामाजिक विकास मन्त्री भण्डारीले जानकारी दिए । मन्त्रालयले बहुअपाङ्गता भएका व्यक्तिका लागि समेत सहयोग प्रदान गर्दै आएको छ ।
चालु आर्थिक वर्षदेखि प्रदेश सरकारले बेवारिसे, असहाय, विपन्न नागरिकको उपचारका लागि यातायात खर्च दिने भएको छ । वडाको वा उपचार गरिएको अस्पतालले सिफारिसको आधारमा मन्त्रालयमा निवेदन दिएमा यस्ता विरामीलाई सरकारले याताया खर्च उपलब्ध गराउने मन्त्री भण्डारीले जानकारी दिए । ‘वडाको सिफारिस वा उपचार गरिएको अस्पतालले बेवारिसे, असहाय, विपन्न, यातायात खर्चको अभावमा अस्पताल पुग्न वा अस्पतालबाट घर जान नसक्ने बिरामी सिफारिस भई मन्त्रालयमा निवेदन दिएमा यस्ता विरामीलाई सरकारले याताया खर्च उपलब्ध गराउने छ’ कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले भने, ‘यस्ता विरामीका लागि भौगोलिक दुरीका आधारमा ५ हजारदेखि २० हजारसम्म यातायात खर्च उपलब्ध सरकारले उपलब्ध गराउँछ । प्रदेश सरकारले बेवारिसे, असहाय, विपन्न नागरिकको उपचारका लागि चालु आर्थिक वर्षको बजेटमै यातायात खर्चका लागि बजेट बिनियोजन गरेको छ ।
प्रतिक्रिया दिनुहोस्