२०८३ भदौ २८ , आइतबार
सञ्चालनमा आयो कोशेली गृह

कर्णालीमा उत्पादित बस्तु र सामग्रीको बजारीकरण र ब्रान्डिङ गर्ने लक्ष्य



रिवन काटेर काेशेली गृहकाे उद्घाटन गर्दै कर्णाली प्रदेश सरकारका उद्याेग, पर्यटन, बन तथा वातावरण मन्त्री कल्याणी खड्का ।

सुर्खेत । कर्णालीको रैथाने उत्पादन र सामग्रीको बजारीकरण र ब्रान्डिङ गर्न कर्णाली प्रदेश सरकारले कोशेली गृह संचालनमा ल्याइएको छ । उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्रालय अन्तरगतको लघु औद्योगिक ग्राम सुर्खेतले शुक्रबार कोशेली गृह सञ्चालनमा ल्याएको हो । कोशेली गृहको उद्घाटन गर्दै उद्योग पर्यटन बन तथा वातावरण मन्त्री कल्याणी खड्काले कोशेली गृहले कर्णालीको रैथाने उत्पादनलाई विश्व बजारमा पु¥याउन सहयोग मिल्ने बताउनुभयो ।

काेशेली गृह उद्घाटन समाराेहका सहभागीहरू

१ करोड २४ लाख रुपैयाको लागतमा वीरेन्द्रनगर–६ मा प्रदेश सरकारले निर्माण गरेको भवनमा कोशेलीगृह सञ्चालनमा ल्याइएको हो । जहाँ कर्णालीको सिमी, कागुनोदेखि जडिवुटी र स्थानीय अल्लोबाट निर्मित कपडाहरु बिक्रीका लागि राखिएका छन् । कोशेली गृहले कर्णालीमा औधोगिक पर्यटन बढाउने र श्रम प्रविधिको प्रयोग गरी रोजगारी सिर्जना गर्न गर्न महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ । कोशेली गृहमा ९ जनाले प्रत्येक्ष रोजगारी पाएका छन् भने सरकारले वार्षिक ६ लाख २५ हजार रुपैयाँ आम्दानी गर्ने छ ।

शुक्रबार सुर्खेतमा सञ्चालनमा अाएकाे काेशेली गृहकाे भवन ।

प्रकाशित मिति : २०८३ भदौ २० गते शनिबार