२०८३ भदौ २८ , आइतबार
स्कूल र क्याम्पसमा संसदीय अभ्यास

युवाहरुलाई जनप्रतिनिधिसँग जोड्दै, संसदीय अभ्यास सिकाउँदै



सुर्खेत । कर्णाली प्रदेशका युवाहरुलाई जनप्रतिनिधि (प्रदेशसभा सदस्य) तथा कर्णाली प्रदेशसभासँग जोड्ने र संसदीय अभ्यास सिकाउने अभियान सुरु भएको छ । युएनडीपी संसद सहयोग परियोजनाको सहकार्यमा संसदीय मामिला पत्रकार समाजले यो अभियानका सुरुवात गरेको छ ।
केही हप्ताअघि मात्र सुर्खेतको मोडेल कलेजमा अध्ययनत करिव दुई सय विद्यार्थीहरुलाई ‘युवा र खुल्ला संसद’को अवधारणाको विषयमा प्रशिक्षित गरको संसदीय मामिला पत्रकार समाजले विहीबार मात्रै सुर्खेत बहुमुखी क्याम्पसमा अध्ययरत झण्डै ५० जना युवा विद्यार्थीहरुसँग ‘संसदीय अभ्यास र युवा सहभागिता’ विषयक कार्यक्रम गरेको छ ।

युवाहरुलाई संसदीय अभ्यास सिकाउन, जनप्रतिनिधिहरुसँग जोड्न र कर्णाली प्रदेशसभामा भए÷गरेका गतिविधि तथा अभ्यासको बारेमा युवाहरुलाई जानकारी दिन पत्रकार समाजले स्कूल र क्याम्पसमा अध्ययनरत विद्यार्थी लक्षित विभिन्न गतिविधिहरु अगाडि बढाएको हो ।
विहीबार भएको संसदीय अभ्यास र युवा सहभागिता कार्यक्रममा कर्णाली प्रदेशसभाका सूचना अधिकारी एवम् सामाजिक विकास समिति सचिव राजेन्द्र पौडेले कर्णाली प्रदेशसभाले गर्दै आएका अभ्यास र अवधारणा लगायतका विषयमा प्रस्तुति दिनु भयो । उहाँले कर्णाली प्रदेशसभाको शासकीय संरचना, दल गत सहभागिता, समानुपातिक र प्रत्येक्ष निर्वाचित प्रदेशसभा सदस्यको विवरण, कानुन निर्माण गर्दा अपनाइने विभिन्न रणनीतिहरु, काुननको परीक्षण, खुल्ला संसदको अभ्यास र प्रदेशसभाका गतिविधिहरु नागरिकसम्म पु¥याउन गरिएको विभिन्न पहल लगायतका विषयमा युवा विद्यार्थीहरुलाई जानकारी दिनु भयो ।

त्यस्तै डिबेट नेपालका कर्णाली प्रदेश संयोजक मनोज महतराले ब्रिटिस मोडेलको संसदीय अभ्यास र अवधारणामा रहेर गरिने डिबेट विषयमा प्रस्तुतिकरण दिनुभयो । डिबेटमा भाग लिंदा सत्ता पक्ष र प्रतिपक्षको तहगत मर्यादाक्रम, समय, पालना गर्नुपर्ने नियमनहरु, सत्ता पक्षले संसदमा पेश गर्ने कुनै पनि प्रस्तावको औचित्य, कानुनी आधार, अवधारणा र अभ्यासका विषयमा दिनुपर्ने तर्कहरु र सोही मर्यादा क्रम अनुसार सत्ता पक्षले राखेको प्रस्तावलाई असफल गराउनका लागि पेश गर्नुपर्ने तर्क र प्रमाण लगायतका विषयमा प्रशिक्षित गर्नुभयो ।

प्रशिक्षणपछि सहभागी विद्यार्थीहरुले ‘खुल्ला संसदको अवधारणा’मा डिबेटको नमूना अभ्यास समेत गरेका थिए । जसमा सत्ता पक्षले प्रधानमन्त्री, उपप्रधानमन्त्री, प्रमुख सचेतक र सचेतकले सरकारको तर्फबाट खुल्ला संसदको आवश्यकता, औचित्य, यसको कानुनी आधार, नागरिकसँग सहज सूचनाको पहुँच र खुल्ला संसदीय अवधारणाले लोकतान्त्रिक व्यवस्था बलियो बनाउने तर्क गरेका थिए । तर प्रतिपक्ष दलको नेता, उपनेता, प्रमुख सचेतक र सचेकतले संसदलाई खुल्ला गर्दा महत्वपूर्ण सूचनाहरु शक्ति राष्ट्रहरुले सजिलै प्राप्त गर्ने र त्यसले देशको सार्वभौमिकता, शान्ति सुरक्षामा जोखिम बढाउने भन्दै यसको विपक्षमा तर्कपूर्ण धारणाहरु राखेका थिए ।


युवाका हरेक सवालमा प्रतिबद्ध छु : सभापति खत्री
कर्णाली प्रदेशसभा सदस्य एवम् सामाजिक विकास समितिका सभापति पूर्णबहादुर खत्रीले कर्णालीका युवाका हरेक सवालमा प्रतिबद्ध रहेको बताएको बताउनु भएको छ । बिहीबार सुर्खेत बहुमुखी क्याम्पसमा भएको ‘संसदीय बहस र युवा सहभागिता’ कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो । ‘लोकतान्त्रिक व्यवस्थामा जनता सबैभन्दा शक्तिशाली हुन््, जोसँग जनप्रतिनिधि चुन्ने र चित्त बुझ्दो काम गर्न नसके अर्काे पटक हराउन सक्ने अधिकार हुन्छ’ कार्यक्रमका प्रमुख अतिथि समेत रहेका उहाँले भन्नुभयो, ‘मेरो निर्वाचन क्षेत्रका मतदाताले यसपालि मलाई चुन्न भयो, मैले मतदाताकै हक हितमा काम गर्दै आएको छु, अन्य बर्गको भन्दा युवाहरुका हरेक सवालमा अझ बढी जिम्मेवार र प्रतिबद्ध छु ।’ युवाहरु परिवर्तनको सबैभन्दा बलियो सम्वाहक भएको बताउँदै उहाँले युवाले मुलुकको शासकीय स्वरुप बुझ्नपर्ने र जनप्रतिधिहरुले पनि युवाहरुको चाहना र आवश्यकता अनुसार काम गर्नु अहिलेको आवश्यकता रहेको समेत बताउनु भएको थियो ।

‘युवाहरु परिवर्तनका खम्बा मात्र होइनन्, मुलकको स्थायित्व र शान्तिका दुत पनि हुन्’ उहाँले भन्नुभयो, ‘अहिलेको यो विषम परिस्थितिमा त अझ हरेक युवा संसदीय व्यवस्था र संसदीय अभ्यासका विषयमा जानकारी हुनुपर्दछ ।’ जेन्जी आन्दोलनमा क्रममा कर्णाली प्रदेशसभाले बेहोरेको क्षतिको स्मरण गर्दै उहाँले हरेक समस्या समाधानको आन्दोलनबाट नभइ मुलुकको स्थायीय र शान्तिबाट मात्रै सम्भव हुने बताउनु भयो ।


कार्यक्रममा स्वागत मन्तव्य राख्दै सुर्खेत बहुमुखी क्याम्पसका विद्यार्थी कल्याण प्रमुख डम्बर बहादुर खत्रीले युवा विद्यार्थीहरु पाठ्यक्रमको ज्ञानसँगसँगै बाह्य ज्ञान पनि लिनुपर्ने बताउनु भयो । आजका युवा विद्यार्थीहरु नै भोलि राज्यका महत्वपूर्ण स्थानमा पुग्ने भन्दै उहाँले अहिलेदेखि नै मुलुकले अबलम्बन गरेको संघीय व्यवस्था, संसदीय गतिविधि र अभ्यासका विषयमा जानकार हुनुपर्ने बताउनु भयो ।

कार्यक्रमको समापन गर्दै संसदीय मामिला पत्रकार समाजका अध्यक्ष देव रानाले युवा विद्यार्थी र जनप्रतिनिधिबीच बलियो सम्बन्ध स्थापित गर्न, प्रदेशसभाप्रति युवाहरुको धारणा बुझ्न र कर्णाली प्रदेशसभाले गर्दै आएको संसदीय अभ्यास बुझाउने स्कूल तथा क्याम्पसमा अध्ययनरत युवा विद्यार्थी लक्षित गतिविधि गर्दै आएको बताउनु भयो । युवासँग गरिने यस्ता गतिविधिले मुलुकको लोकतान्त्रिक व्यवस्थालाई बलियो बनाउने र संघीयताको कार्यान्वयनमा थप इट्टा थप्ने उहाँको धारणा थियो । अझनै चार घण्टासम्म सञ्चालन भएको कार्यक्रममा कर्णाली प्रदेशसभा सदस्य तुलसा मल्ल, युएनडीपी संसद सहयोेग परियोजनाका कार्यक्रम अधिकृत क्यारिना श्रेष्ण, संसदीय मामिला पत्रकार समाजका पदाधिकारीहरु र विभिन्न संकायमा अध्ययरत विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २०८३ भदौ १८ गते बिहीबार