२०८३ भदौ २९ , सोमबार
भाेटेकाेशी बाढी पहिराे

नेकपाका प्रदेशसभा सदस्यले ३ लाख ३१ हजार सहयोग गर्ने



सुर्खेत । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बाट निर्वाचित प्रदेशसभा सदस्यहरुले रसुवा बाढी प्रभावितलाई ३ लाख ३१ हजार सहयोग गर्ने भएका छन् । बुधबार बसेको संसदीय दलको बैठकले बाढी पीडित सहयोगार्थ ३ लाख ३१ हजार सहयोग गर्ने निर्णय गरेको नेकपा संसदीय दलका प्रमुख सचेतक कृष्णबहादुर जिसीले बताए । प्रदेशसभा सदस्यहरुले गर्ने सहयोग राहत कोषमा उक्त रकम जम्मा गरिने छ ।


हरेक सदस्यबाट रकम संकलन भएपछि कोषको बैंक खातामा जम्मा गरिने छ । यसअघि कांग्रेस र एमालेले पनि सहयोग रकम घोषणा गरेका थिए । नेकपाले कांग्रेस र एमालेका प्रदेशसभा सदस्यहरुभन्दा बढी सहयोग गर्ने भएका हुन् ।
कांग्रेस र एमालेका प्रदेशसभा सदस्यहरुले प्रतिव्यक्ति १५ हजारका दरले सहयोग गरेका थिए । दुई दलका प्रदेशसभा सदस्यहरुले कुल ३ लाख ६० हजार सहयोग गर्दा नेकपा एक्लैले ३ लाख ३१ हजार सहयोग गर्ने भएको छ । प्रदेशसभामा नेकपाका १३ जना मात्रै प्रदेशसभा सदस्य छन् । यस हिसावले एक जना प्रदेशसभा सदस्यको भागमा २५ हजार ४ सय ६१ रुपैयाँ पर्न जान्छ । एमाले र कांग्रेसका गरी कुल २४ जना प्रदेशसभा सदस्य छन् ।

प्रकाशित मिति : २०८३ भदौ १८ गते बिहीबार