२०८३ भदौ २९ , सोमबार
भाेटेकाेशी बाढी

कर्णाली सरकारले २ करोड सहयोग गर्ने



सुर्खेत । कर्णाली प्रदेश सरकारले रसुवा भोटेकोशी बाढीपीडितका लागि २ करोड सहयोग गर्ने भएको छ । आज (मंगलबार) बसेको मन्त्रिपरिषद्को बैठकले बाढी प्रभावित क्षेत्रको राहत, उद्धार र पुनस्र्थापनाका लागि २ करोड सहयोग गर्ने निर्णय गरेको आर्थिक मामिला तथा योजना मन्त्री टेकराज पछाइले जानकारी दिनुभयो ।

प्रदेश सरकारले दिने उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने छ । यस्तै बैठकले सामाजिक विकास मन्त्रालयले तयार पारेको दश वर्षे ‘शिक्षा क्षेत्र योजना २०८३–०९२’ समेत स्वीकृत गरेको छ ।

प्रकाशित मिति : २०८३ भदौ १६ गते मंगलबार