सुर्खेत । नेपाली कांग्रेसबाट निर्वाचित कर्णाली प्रदेशसभा सदस्यहरुले २ लाख ५० हजार रुपैयाँ सहयोग गरेका छन् । हरेक प्रदेशसभा सदस्यहरुबाट १५ हजारका दरले २ लाख ५० हजार रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गरेका हुन् ।
कर्णाली प्रदेशसभामा नेपाली कांग्रेसका १५ जना प्रदेशसभा सदस्यहरु छन् । गएको बिहीबार बसेको कांग्रेस संसदीय दलको बैठकले रसुवा भोटेकोशी बाढी पीडितको राहत, उद्धार र पुनस्र्थापनाका लागि सहयोग गर्ने निर्णय गरेको थियो । सोही निर्णय अनुसार हरेक सदस्यबाट संकलित रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको खातामा जम्मा गरिएको प्रदेशसभा सदस्य बेदराज सिंहले जानकारी दिनुभयो ।
आइतबार मात्रै एमालेबाट निर्वाचित प्रदेशसभा सदस्यहरुले पनि १५ हजार रुपैयाँ रसुवा भोटेकोशी बाढी पीडितको राहत, उद्धार र पुनस्र्थापनाका लागि सहयोग गर्ने निर्णय गरेको थिए ।
प्रतिक्रिया दिनुहोस्