२०८३ भदौ २८ , आइतबार
बाढी पीडितलाइ विश्वविद्यालयकाे सहयाेग

तलब काटेर बाढी पीडितलाई सहयोग



सुर्खेत । मध्यपश्चिम विश्वविद्यालय सुर्खेतका पदाधिकारी तथा कर्मचारीहरुले रसुवा भोटेकोशी बाढी पीडितको राहत, उद्धार र पुनस्र्थापनाका लागि सहयोग गर्ने भएका छन् । विश्वविद्यालयको सोमबार बसेको कार्यकारी परिषद्को बैठकले उपकुलपति र रजिष्ट्रारले एक महिना बराबरको तलब र बाकी पदाधिकारी तथा कर्मचारीहरुले तह अनुसार सहयोग गर्ने निर्णय गरेको छ ।

मध्यपश्चिव विश्वविद्यालयकाे केन्द्रीय कार्यालय

त्यस्तै डिन, कार्यकारी निर्देश, परीक्षा व्यवस्थापन प्रमुखले तलवको १५ प्रतिशत, प्राध्यापक तथा सह–प्राध्यापक वा सो सरहका शिक्षक तथा कर्मचारीले तलवको १० प्रतिशत, उप–प्राध्यापक, शिक्षक सहायक, प्रशिक्षक वा सो सरहका शिक्षक तथा कर्मचारीले तलवको ७ प्रतिशत, मुख्य सहायक, सहायक प्रशिक्षक, सहायक वा सो सरहका कर्मचारीले तलवको ५ प्रतिशत र श्रेणी बिहीन कर्मचारीहरुले मासिक २ प्रतिशतले हुन आउने रकम रसुवा भोटेकोशी बाढी पीडितको राहत, उद्धार र पुनस्र्थापनाका लागि सहयोग गर्ने छन् । सबै पदाधिकारी तथा कर्मचारीको मासिक सुरुलाई आधार मानेर हुन आउने रकम बाढी पीडितको राहत, उद्धार र पुनस्र्थापनाका लागि सहयोग गर्ने छन् ।
विश्वविद्यालय र मातहतका निकायहरुमा कार्यरत सबै पदाधिकारी तथा कर्मचारीहरुको भदौ महिनाको मासिक तलव र पारिश्रमिकबाट कट्टा गरेर सहयोग निर्णय भएको विश्वविद्यालयका रजिष्ट्रार डा. अर्जुनबहादुर अयडीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०८३ भदौ १५ गते सोमबार