सुर्खेत । नेकपा एमालेबाट निर्वाचित कर्णाली प्रदेशसभा सदस्यहरुले भोटेकोशी बाढी पीडितको राहत, उद्धार र पुनस्र्थापनाका लागि जनही १५ हजार रुपैयाँ दिने निर्णय गरेका छन् । आइतबार बसेको प्रदेशसभा संसदीय दलको बैठकमा प्रदेशसभा सदस्यहरुले यस्तो निर्णय गरेका हुन् ।

बैठकले भोटेकोशी बाढी पीडितको राहत, उद्धार र पुनस्र्थापनाका लागि हरेक सदस्यहरुले १५ हजार ‘प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोष’मा दिने निर्णय गरेको प्रमुख सचेतक टेकराज पछाइले जानकारी दिए । कर्णाली प्रदेशसभामा सभामुख बाहेक एमालेबाट निर्वाचित ९ जना प्रदेशसभा सदस्यहरु छन् । सभामुख बाहेक एमालेका प्रदेशसभा सदस्यहरुले कुल १ लाख ३५ हजार रुपैयाँ बाढी पीडितको राहत, उद्धार र पुनस्र्थापनाका लागि दिने छन् ।
यसअघि नेपाली कांग्रेसबाट निर्वाचित कर्णाली प्रदेशसभा सदस्यहरुले पनि जनही १५ हजार रुपैयाँ भोटेकोशी बाढी पीडितको राहत, उद्धार र पुनस्र्थापनाका लागि सहयोग गर्ने निर्णय गरेका थियो ।
प्रतिक्रिया दिनुहोस्