सुर्खेत। कर्णाली प्रदेशसभा सचिवालय, विधेयक शाखाको आयोजनामा भदौ १० गते ‘उत्तर विधायिकी परीक्षण’ सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। निर्मित कानूनहरूको कार्यान्वयनको अवस्था, तिनले पारेको प्रभाव र व्यावहारिक पक्षबारे समीक्षा गर्ने उद्देश्यका साथ सो कार्यक्रम सञ्चालन गरिएको हो।

कार्यक्रममा प्रदेश सरकारका उच्चपदस्थ अधिकारी एवं कानून सम्बन्धी विषयगत कर्मचारीहरूको बाक्लो सहभागिता रहेको थियो। कार्यक्रममा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रदेश सचिवहरू, विभिन्न मन्त्रालयहरू कानून अधिकृतहरू तथा शाखा अधिकृतहरू, सचिवालयका कर्मचारीहरू सहभागी थिए । अन्तरक्रियाका क्रममा निर्मित कानूनको प्रभावकारी कार्यान्वयन र त्यसको समीक्षात्मक परीक्षणका विविध आयामहरूबारे सहभागीहरूबीच छलफल भएको थियो।
प्रकाशित मिति : २०८३ भदौ १० गते बुधबार
प्रतिक्रिया दिनुहोस्