२०८३ भदौ २९ , सोमबार
स्थानीय खबर

सडक निर्माण गर्दा जेसीबी दुर्घटनामा चालकको मृत्यु



सुर्खेत। सुर्खेतको बराहताल गाउँपालिका–७ स्थित नयाँवनको भित्री सडकखण्डमा सडक निर्माणका क्रममा जेसीबी दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बाटो सफा गर्ने क्रममा भे १ ग १२७ नम्बरको जेसीबी अचानक अनियन्त्रित भई सडकबाट करिब ३०० मिटर तल भिरमा खसेको हो।

दुर्घटनामा परी बराहताल गाउँपालिका–५ निवासी ३३ वर्षीय चालक रामप्रसाद लामिछाने गम्भीर घाइते भएका थिए। घटनालगत्तै स्थानीय र प्रहरीको सहयोगमा उद्धार गरी उनलाई उपचारका लागि वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश अस्पताल कालागाउँ पुर्‍याइएको थियो। तर, अस्पताल पुर्‍याउनासाथ परीक्षणपछि चिकित्सकहरूले उनलाई मृत घोषणा गरेका थिए। घटना हुनुको मुख्य कारण र अन्य प्राविधिक विषयबारे प्रहरीले आवश्यक अनुसन्धान अगाडि बढाएको जनाएको छ।

प्रकाशित मिति : २०८३ भदौ ४ गते बिहीबार