सुर्खेत। कर्णाली प्रदेश सरकारमा नेकपा (एमाले) औपचारिक रूपमा सहभागी भएको छ। जसमध्ये आर्थिक मामिला तथा योजना मन्त्रीमा टेकराज पछाई, सामाजिक विकास मन्त्रीमा जीत बहादुर मल्ल र जलस्रोत तथा उर्जा विकास मन्त्रीमा कल बहादुर हमालले पद तथा गोपनियताको सपथ लिएका हुन् ।

बुधबार प्रदेश सभाबाट विश्वासको मत पाएलगत्तै मुख्यमन्त्री मङ्गलबहादुर शाहीले मन्त्रिपरिषद् विस्तार गर्दै एमालेका तीन जना सांसदलाई मन्त्री नियुक्त गरेका हुन्। नवनियुक्त तीनै जना मन्त्रीहरूले बुधबार नै प्रदेश प्रमुख यज्ञराज जोशीसमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन्। पछाइ जुम्लामा प्रदेशसभा (ख) मल्ल मुगु प्रदेश सभा (क) र हमाल समानुपातिक तर्फ हुम्लाबाट निर्वाचित प्रदेशसभा सदस्य हुन् । जसमध्ये पछाइ र मल्ल दोसो पटक र पहिलो पटक मन्त्री बनेका हुन् ।
प्रकाशित मिति : २०८३ भदौ ३ गते बुधबार
प्रतिक्रिया दिनुहोस्