सुर्खेत । नेपाल प्रहरीले मानव वेचबिखन तथा ओसारपसार मुद्धाका फरार प्रतिबादीलाई कुबेदबाट प्रक्राउ गरेर सुर्खेत ल्याएको छ । मानव वेचबिखन तथा ओसारपसार मुद्धामा दश वर्षदेखि फरार रहेका सुर्खेतका भेरीगंगा नगरपालिका–२ समझींघाका ३९ वर्षिय कृष्ण सुनारलाई कुवेदबाट पक्राउ गरी सुर्खेत ल्याइएको हो । जिल्ला प्रहरी कार्यालय सुर्खेतको पहलमा प्रहरीले इन्टपोलबाट रेड नोटिस गरेर कुवेतबाट उनलाई पक्राउ गरेर सुर्खेत ल्याउन सफल भएको हो ।
सुनारले २०७२ असार २७ गते परिवर्ति नाम ६४ वीरेन्द्रनगर क ८ लाई विवाह गर्छु भारत लिएर बिक्री गरेको आरोप लागेको छ । पीडित नेपाल फर्किएपछि सुनारबिरुद्ध मुद्धा दिएकी थिएन् । पीडितका अनुसार प्रतिवादी सुनारले विवाह गर्छु भनेर मायाजालमा पारेको र भारतको हिमाचल प्रदेशको राजधानी सिम्लामा लगेर बेचेको आरोप छ । पीडितले दिएको उजुरीका आधारमा इन्टपोलबाट रेड नोटिस जारी भएपछि कुवेतबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी (डीएसपी) मोहनजंग बुढथापाले जानकारी दिए । उनले प्रतिवादी कृष्ण सुनारलाई (एनसीबी) नेपाल र (एनसीबी) कुवेतको समन्वयमा कुवेतबाट पक्राउ गरी नेपाल प्रहरी प्रधान कर्यालय अपराध अनुसन्धान विभाग (ईन्टपोल शाखा नक्साल काठमाण्डौं) मार्फत सुर्खेत ल्याईएको बताए ।
प्रकाशित मिति : २०८२ भदौ १३ गते शुक्रबार
प्रतिक्रिया दिनुहोस्