२०८३ भदौ २९ , सोमबार
प्रदेश खबर

कर्णालीका मुख्यमन्त्री बुधबार विश्वासको मत लिने



सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले आउँदो बुधबार (भदौ ३ गते) प्रदेश सभाबाट विश्वासको मत लिने भएका छन्। त्यसका लागि उनले सोमबार नै प्रदेश सभा सचिवालयमा औपचारिक पत्र दर्ता गराइसकेका छन्।

नेकपा (एमाले) को समर्थनमा गत साउन १२ गते मुख्यमन्त्री नियुक्त भएका शाहीले संवैधानिक प्रावधानअनुसार पदबहालीको ३० दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने हुन्छ। सोही व्यवस्थाबमोजिम उनले प्रक्रिया अगाडि बढाएका हुन्।

यद्यपि, मुख्यमन्त्री नियुक्त भएको तीन साता बितिसक्दा समेत उनले मन्त्रिपरिषद् विस्तार भने गर्न सकेका छैनन्। सत्ता साझेदार दलहरूबीच मन्त्रालयको भागबन्डा र आन्तरिक सहमति जुट्न नसक्दा मन्त्रिपरिषद्ले पूर्णता पाउन नसकेको हो।

प्रकाशित मिति : २०८३ भदौ १ गते सोमबार