२०८३ भदौ ३० , मंगलबार
स्थानीय खबर

चौकुनेमा सर्पको डसाइबाट महिलाको मृत्यु



सुर्खेत। सुर्खेतको चौकुने गाउँपालिकामा सर्पको डसाइबाट एक महिलाको मृत्यु भएको छ। घरमै काम गरिरहेका बेला सर्पले डसेपछि गम्भीर बिरामी परेकी चौकुने गाउँपालिका–१० चालिखेकी ५८ वर्षीया देउमा कामीको उपचारका क्रममा निधन भएको हो। बुधबार बिहान घरमा भाँडा माझ्ने क्रममा उनलाई सर्पले दायाँ हातमा डसेको थियो।

सर्पले डसेलगत्तै आफन्त र स्थानीयले उनलाई उद्धार गरी उपचारका लागि वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश अस्पताल कालागाउँ, सुर्खेत पुर्‍याएका थिए। अस्पतालमा भर्ना गरी उपचार जारी रहेकै अवस्थामा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख एवं प्रहरी उपरीक्षक ठाकुरप्रसाद पोखरेलले जानकारी दिए। घटनापछि आवश्यक कानुनी प्रक्रिया र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०८३ साउन २७ गते बुधबार