२०८३ साउन १२ , मंगलबार
कर्णाली प्रदेशमा नयाँ सरकार

नेकपाका मंगल शाही बने पाँचाैँ मुख्यमन्त्री



सुर्खेत । कर्णाली प्रदेश सरकारकाे मुख्यमन्त्रीमा मंगलबहादुर शाही नियुक्त भएका छन् । प्रदेश प्रमुख यज्ञराज जाेशीले मंगलबार  शाहीलाइ मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । 

नेपालकाे संविधान २०७२ काे धारा १६८ काे उपधारा (२) अनुसार शाही मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।

नेकपाका मंगल शाही पाँचाैँ मुख्यमन्त्री

याेसँग शाही कर्णाली प्रदेश सरकारकाे पाँचाैँ मुख्यमन्त्री बनेका छन् । शाहीलाइ मुख्यमन्त्रीमा नियुक्त गर्नका लागि नेकपाका १४ र नेकपा एमालेका १० जना प्रदेशसभा सदस्यहरूले समर्थन गरेका थिए ।

यसअघि पनि प्रदेश सरकारकाे भाैतिक पूर्वाधार तथा शहरी विकास मन्त्री बनेका साथी मुगु प्रदेश सभा (ख)बाट निर्वाचित भएका हुन् ।

प्रकाशित मिति : २०८३ साउन १२ गते मंगलबार