सुर्खेत- कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले नयाँ पुस्तालाई उद्यम व्यवसायमा आर्कषित बैंक तथा वित्तिय संस्थाहरुले आफना नितिमा सरलीकृत गर्नुपर्ने बताएका छन । कर्णाली प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले आज वीरेन्द्रनगरमा आयोजना गरेको प्रदेशस्तरिय बैंक तथा वित्तिय संस्थाहरुसँको छलफल कार्यक्रममा मुख्यमन्त्री कँडेलले झन्झटिलो प्रक्रियाले उद्यमशिलता गर्ने चाहना हुँदाहुदै पनि रोकिनुपरेको तर्फ बैंकहरुको ध्यानाकर्षण गराए ।

मुख्यमन्त्री कँडेलले कर्णालीबाट रोजगारीको बिदेशिने जनशक्तिलाई यही कुनै उद्यम व्यवसाय संचालन गर्न सकिन्छ भन्ने सोचको विकास गराउने तर्फ बैंकहरुले वित्तिय साक्षरता चलाउनुपर्ने सुझाव दिए । मुख्यमन्त्री कँडेलले उद्यम व्यवसायमा जति लगानी बढायो त्यतिनै आर्थिक क्षेत्र चलाएमान हुने र रोजगारी सृजना हुने हुँदा बैंकहरुले सेवाग्राहीको पहुँचलाई सरलीकृत बनाउनुपर्नेमा जोड दिए । उनले भने, तपाईहरुले यहाँ काम गर्नु भएको छ, ‘ बैंकका पनि आ- आफना सीमाहरु होलान तर नागरिकलले महशुस हुने सरलीकृत गर्ने काममा कमजोरी देखिन्छ।’ बैंकहरुले सम्पत्ति मूल्याकंनमा समेत विभेद गरेको आफूले सुनेको बताउँदै मुख्यमन्त्री कँडेलले लगानीको जोखिम नहुने गरि सम्पत्ति मूल्यांकनमा विभेद नगर्न बैंकहरु आग्रह गरे । मुख्यमन्त्री कँडेलले विकास र समृद्धिको प्रशस्त सम्भावना भएपनि कर्णाली पछि परेको र बैंकहरुले यहाँ लगानी निति बनाँउदा अरु प्रदेशसँग तुलाना नगर्न पनि सुझाव दिए ।

मुख्यमन्त्री कँडेलले विगतमा प्रदेश सरकारले दिदै आएको अनुदानको बारेमा नराकात्मक टिप्पणी र दुरुपयोगको सम्भावनालाई मध्यनजर गर्दे चालु आर्थिक वर्षदेखी व्याज अनुदानको कार्यक्रमका क्षेत्रलाई विस्तार गरिएको बताए । अन्तरक्रिया कार्यक्रममा आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव यज्ञ पुरीले प्रदेश सरकारबाट बैकहरुमार्फत कार्यान्वयन हुने व्याज अनुदान तथा कार्यक्रमहरुबारे जानकारी गराएका थिए ।
प्रतिक्रिया दिनुहोस्