सुर्खेत । कर्णाली प्रदेशमा पहिलाे पटक कर्णाली प्रदेश युवा वैज्ञानिक सम्मेलन भएकाे छ ।
ग्लाेबस सस्टेनिशिलिटी एण्ड रिसर्च सेन्टरसँगकाे सहकार्यमा शनिबार कर्णाली प्रदेश सरकारकाे सामाजिक विकास मन्त्रालयले वैज्ञानिक सम्मेलन गरेकाे हाे ।
युवा बैज्ञानिकहरूलाइ खाेज तथा अनुसन्धानका प्राेत्साहन गर्न र कर्णालीकाे नीति निर्माण एवम् विकासका लागि युवा वैज्ञानिकहरूकाे सहभागिता बढाउन मन्त्रालयले युवा बैज्ञानिक सम्मेलन गरेकाे सामाजिक विकास मन्त्र घनश्याम भण्डारीले बताउनु भयाे । कर्णाली सम्भावनाकाे प्रदेश हाे, यहाँकाे जल, जमिन र संस्कृतिक सम्पादकाे वैज्ञान खाेज अध्ययन र अनुसन्धान हुन अावश्यक छ, मन्त्री भण्डारीले भन्नुभयाे, कर्णाली सुहाउँदाे नीति निर्माण गर्न र विकासमा युवा वैज्ञानिकहरूकाे सहभागिता बढाउन युवा वैज्ञानिक सम्मेलन गरिएकाे हाे ।

वीरेन्द्रनगर भएको पहिलो कर्णाली युवा वैज्ञानिक सम्मेलन
मन्त्रालयका सचिव राेशनी कुमारी श्रेष्ठले कर्णालीका युवा वैज्ञानिकहरूलाइ प्राेत्साहन गर्न र कर्णालीकाे विकास निमार्णमा युवाहरूकाे सहभागिता बढाउन युवा वैज्ञानिक सम्मेलन गरिएकाे बताउनु भयाे ।
अाधुनिक युगमा ज्ञान विज्ञानकाे प्रयाेगकाे प्रयाेग र युवाहरूकाे सहभागिता बिना कर्णालीकाे विकास असम्भव रहेकाे बताउँदै उहाँले सम्मेलनले युवालाइ खाेज अनुसन्धानमा लाग्न प्रेरित गर्ने बताउनु भयाे ।
सामाजिक विकास मन्त्रालयका उपसचिव देविप्रसाद पाैडेलले प्रदेश सरकारलाइ नीति निर्माण र विकास लागि युवा वैज्ञानिकहरूकाे सञ्जाल बनाउने बताउनु भयाे ।

युवा वैज्ञानिक सम्मेलनमा प्रसुतिकरण दिँदै सामाजिक विकास मन्त्री घनश्याम भण्डारी।

युवा वैज्ञानिक सम्मेलनमा प्यानल छलफलका प्यान लिष्टहरु
कर्णालीका दशवटै जिल्लामा कार्यरत विज्ञान शिक्षक, युवा अनुसन्धानकर्ता, विभिन्न क्याम्पस तथा विश्वविद्यालयका प्राधापकहरू र विद्यार्थीहरू सहभागी कार्यक्रममा मन्त्री भण्डारी र मदन भण्डारी मेमाेरियल विश्वविद्यालयका कार्यवहाक अध्यक्ष दिनेशराज भुलुले प्रस्तुतिकरण राख्नु भएकाे थियाे । शनिबार दिनभर भएकाे कार्यक्रममा विभिन्न शस्त्रमा समेत बहस भएकाे थियाे ।
प्रतिक्रिया दिनुहोस्