सुर्खेत । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले जाजरकोट तत्कालिन प्रमुख प्रशासकीय अधिकृतसहित ठेकेदार बिरुद्ध मुद्दा दायर गरेको छ । तत्कालिन निमित्त प्रमुख प्रशासकीय अधिकृत दलबहादुर घर्ती, इन्जिनियर मोहन मल्ल, कानून अधिकृत प्रकाशकुमार शाही, सामाजिक विकास अधिकृत अनिस साह, लेखापाल राजेन्द्रबहादुर कठायत, जिन्सी शाखा प्रमुख तथा नायव सुब्बा कृतिबहादुर थापा, न्यू विके–नहकुली जेभी तथा उक्त जे.भी.का साझेदारहरु न्यू विके विल्डर एण्ड सप्लायर्सका प्रोप्राइटर गंगाकुमारी खड्का र नहकुली निर्माण सेवाका प्रोप्राइटर चित्रबहादुर बोहरा बिरुद्ध बिषेश अदालतमा मुद्दा दायर गरिएको हो ।

भेरी नगरपालिका वडा कार्यालय भवन निर्माणको ठेक्कामा अनियमितता गरेको आरोपमा यिनीहरु विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । यसैगरी मुद्दामा ठेकेदार गंगा कुमारी खड्का र चित्रबहादुर बोहरालाई प्रतिवादी बनाइएको छ । आयोगले उनीहरूविरुद्ध ३६ लाख २० हजार ५७८ रुपैयाँ विगो माग गर्दै मुद्दा दायर गरेको हो । उनीहरूले आर्थिक वर्ष २०८०/०८१ मा भेरी नगरपालिकाको वडा नम्बर ६,९ र १० को वडा कार्यालय भवन निर्माणको ठेक्का प्रक्रियामा सार्वजनिक खरिद कानुन विपरीतको कार्य गरी अनियमितता गरेको अनुसन्धानबाट खुल्न आएको अख्तियारको ठहर छ ।
प्रतिक्रिया दिनुहोस्