सुर्खेत । मध्य असार अर्थात असार पध्र । धान दिवश पनि । अर्का अर्थमा भन्दा मानो रोपेर मुरी फलाउने दिन । कतिपयले धान दिवशलाई दही र च्यूरा खाने दिनका रुपमा समेत लिने गरिन्छ । दुर्भाग्य असार १५ लागिसक्दा पनि आधा पनि धान रोपाइ सकिएको छैन । जलबायु परिवर्तनको असरकार कारण लामो समय खडेरी पर्दा अपेक्षा गरे अनुसार धान रोपाइ सम्पन्न हुन नसकेको हो । तथ्यांक अनुसार कर्णाली प्रदेशमा हालसम्म २२.८ प्रतिशत धान रोपाई भएको छ । जुन वर्षको यही अवधिको तुलनामा १६.३ प्रतिशतले कमी हो ।

कर्णालीमा गत वर्ष यही अवधिमा ३९.१ प्रतिशत रोपाई भई सकेको थियो । यद्यपि ! कृषि विभागको तथ्यांकअनुसार देशभर ११.३३ प्रतिशत धान रोपाई सम्पन्न भएकोमा असार १२ गतेसम्म प्रदेशगत रुपमा सबैभन्दा बढी २२.८ प्रतिशत धान रोपाई कर्णालीमा भएको छ । जुन गत वर्षको यही अवधिको तुलनामा ४.२७ प्रतिशत बिन्दुले कम हो ।
देशभर गत वर्ष यही अवधि (२०८२ असार १३) मा १५.६ प्रतिशत रोपाई सम्पन्न भएको थियो । देशभर १३ लाख ८१ हजार ४८८ हेक्टर क्षेत्रफल जमिनमा बर्खे धान रोपाइँ हुने गरेकोमा यही असार १२ गतेसम्म १ लाख ५६ हजार ५८३ दशमलव ६७ हेक्टर जमिनमा मात्रै रोपाई भएको छ ।
गत वर्षको तुलनामा लुम्बिनी र मधेश प्रदेशबाहेक अन्य सबै प्रदेशमा रोपाइँको गति सुस्त देखिएको छ । गत वर्षको यही अवधिमा लुम्बिनीमा ९.७ प्रतिशत र मधेशमा ३.९ प्रतिशत मात्रै रोपाइँ भएको थियो । सो अवधिमा कोशीमा १४.३ प्रतिशत, बागमतीमा २०.५ प्रतिशत, गण्डकीमा १३.८ प्रतिशत, कर्णालीमा ३९.१ प्रतिशत र सुदूरपश्चिममा ४५.५ प्रतिशत रोपाई भएको थियो ।
प्रतिक्रिया दिनुहोस्