२०८३ साउन १० , आइतबार
बराहतालकाे प्राथमिकतामा पूर्वाधार

ल्यायाे आगामी वर्षका लागि  ६३ करोड ६ लाख बजेट



सुर्खेत । पश्चिम सुर्खेतमा अवस्थित बराहताल गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि आफ्नो नयाँ बजेट सार्वजनिक गरेको छ। सोमबार भव्यताका साथ सम्पन्न गाउँपालिकाको १९औँ गाउँसभाको विशेष बैठकमा उपाध्यक्ष लक्ष्मी पुन मगरले आगामी आर्थिक वर्षका लागि कुल ६३ करोड ६ लाख ९६ हजार ५० रुपैयाँ बराबरको बजेट अनुमान प्रस्तुत गरेकी हुन्। गाउँपालिकाको समग्र विकास र पूर्वाधार निर्माणलाई विशेष जोड दिँदै ल्याइएको यस बजेटमा कुल विनियोजित रकमको ३२ प्रतिशत हिस्सा प्रशासनिक तथा कार्य सञ्चालन लगायत चालु खर्चतर्फ छुट्याइएको छ भने विकास निर्माण र भौतिक पूर्वाधारका क्षेत्रसँग जोडिएको पुँजीगत खर्चतर्फ उत्साहजनक रूपमा ६८ प्रतिशत रकम विनियोजन गरिएको छ। बजेट प्रस्तुत हुनुअघि गाउँसभाको बैठकमा गाउँपालिकाका अध्यक्ष भीम बहादुर भण्डारीले पालिकाको आर्थिक-सामाजिक रूपान्तरणका लागि आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए।

गाउँपालिकाले सार्वजनिक गरेको यो बजेट धान्ने मुख्य वित्तीय स्रोतका रूपमा सङ्घीय र प्रदेश सरकारबाट प्राप्त हुने अनुदान एवं आन्तरिक आयलाई समेटिएको छ। गाउँपालिकाका अनुसार नेपाल सरकारबाट वित्तीय समानीकरण अनुदानतर्फ ११ करोड ७८ लाख रुपैयाँ, सशर्त अनुदान चालुतर्फ २४ करोड ८७ लाख र पुँजीगततर्फ ६६ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ। यस्तै सङ्घीय सरकारबाट समपूरक अनुदानबापत १ करोड ७० लाख रुपैयाँ आउने अपेक्षा गरिएको छ, जसअनुसार सङ्घीय सरकारबाट विभिन्न शीर्षकमा प्राप्त हुने कुल वित्तीय हस्तान्तरणको रकम ४८ करोड १ लाख रुपैयाँ रहनेछ। यसैगरी, कर्णाली प्रदेश सरकारका तर्फबाट वित्तीय समानीकरण अनुदानबापत १ करोड ४५ लाख १० हजार रुपैयाँ, सशर्त अनुदान चालुतर्फ २६ लाख ८६ हजार, पुँजीगत अनुदान २ करोड ५ लाख, विशेष अनुदान ५० लाख तथा समपूरक अनुदानबापत १ करोड ९१ लाख ५० हजार रुपैयाँ प्राप्त हुने अनुमान बजेटमा गरिएको छ।

बजेटको अर्को बलियो आधारका रूपमा गाउँपालिकाले आगामी आर्थिक वर्षमा २ करोड ५७ लाख ८२ हजार १४६ रुपैयाँ आन्तरिक आम्दानी हुने प्रक्षेपण गरेको छ। यस आन्तरिक स्रोतभित्र आन्तरिक राजस्वबाट संकलन हुने १ करोड १० लाख २२ हजार १ सय रुपैयाँ, नदीजन्य तथा दहत्तर–बहत्तर बिक्रीबाट प्राप्त हुने ७२ लाख ६० हजार रुपैयाँ र चालु आर्थिक वर्षको बचत भई बैंक मौज्दात रहने अनुमान गरिएको ७५ लाख रुपैयाँलाई परिचालन गरिने उपाध्यक्ष मगरले बताइन्। यसका अतिरिक्त नेपाल सरकारबाट राजस्व बाँडफाँडमार्फत १५ करोड ८३ हजार रुपैयाँ र कर्णाली प्रदेश सरकारबाट राजस्व बाँडफाँड शीर्षकमा २३ लाख ८४ हजार ९०४ रुपैयाँ प्राप्त हुने अनुमान गाउँपालिकाले गरेको छ। पालिका अध्यक्ष भण्डारीद्वारा प्रस्तुत नीति तथा कार्यक्रम र उपाध्यक्ष मगरद्वारा प्रस्तुत बजेटले विशेष गरी स्थानीय पूर्वाधार विकास, कृषि आधुनिकीकरण, गुणस्तरीय शिक्षा, आधारभूत स्वास्थ्य, स्वच्छ खानेपानी तथा स्थानीय स्तरमै स्वरोजगारी सिर्जना गर्ने कार्यक्रमहरूलाई उच्च प्रा

प्रकाशित मिति : २०८३ असार १० गते बुधबार