नेकपा एमालेका उपाध्यक्ष विष्णु पाैडेल पक्राउ परेका छन् । सम्पत्ति शुद्रदीकरण विभागले पत्र अनुसार पाैडेललाइ सुर्खेत प्रहरीले पक्राउ गरेकाे हाे ।
उनलाइ मनी ल्याउन्ड्रींग अभियाेगमा पक्राउ गरिएकाे हाे । पक्राउ परेका पाैडेललाइ साेमबार नै नेपालगञ्ज लिइएकाे छ । मंगलबार पाैडेललाइ नेपालगञ्ज विमानस्थलबाट काठमाडाै लिएर अदालतमा हाँजिर गराइने जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएकाे छ ।
![]()
पाैडेल अाइतबार मात्र एमाले प्रदेश कमिटीले अायाेजना गरेकाे निर्वाचनकाे समीक्षा र पार्टी पुनर्गठन सम्बन्धी सुझाव संकलन कार्यक्रममा सहभागी हुन सुर्खेत पुगेका थिए । साेमबार एमालेले वीरेन्द्रनगर-३ काे शुभ हाेटलमा कार्यक्रम गरेकाे थियाे । पाैडेल कार्यक्रम स्थलबाट पक्राउ परेका हुन् ।
प्रकाशित मिति : २०८३ असार ८ गते सोमबार
प्रतिक्रिया दिनुहोस्