२०८३ साउन १० , आइतबार
रास्वपा प्रदेश अधिवेशन

अध्यक्षमा पुन दाेहाेरिए खड्का



सुर्खेत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)काे कर्णाली प्रदेश सभापतिमा पुनः पदम बहादुर खड्का निर्वाचित भएका छन् । मंगलबार राती सम्पन्न मतपरिणाम अनुसार खड्काले २८८ मत ल्याउँदै सभापतिमा विजयी भएका हुन् ।

सभापतिका प्रतिस्पर्धी स्नेहा उपाध्याय (नेपाल)ले ६३ र नन्दकिशाेर बस्नेतले ३५ मत ल्याए । अाइतबारदेखि सुरू भएकाे प्रथम प्रदेश अधिवेशनले सर्वसम्मत रूपमा नेतृत्व चयन गर्न नसकेपछि मंगलबार मतदान भएकाे थिए । मतदानमा कुल ५३० प्रतिनिधिमध्ये ४०० मत खसेकाे थियाे ।

प्रकाशित मिति : २०८३ असार ३ गते बुधबार