२०८३ साउन १० , आइतबार
शुक्रबारदेखि सुर्खेतमा एथलेटिक्स च्याम्पियनसिप प्रतियोगिता

दश टिमका ३२० जना खेलाडीले प्रतिस्पर्धा गर्ने



सुर्खेत । ४६ औं नेशनल एथलेटिक्स च्याम्पियनसिप प्रतियोगिता सुर्खेतमा हुने भएको छ । नेपाल एथलेटिक्स संघको आयोजना तथा कर्णाली प्रदेश खेलकुद परिषद्को सहयोगमा शुक्रबारदेखि कर्णाली प्रदेश रंगशालामा हुने लागे हो ।


विभिन्न १४ वटा इभेन्ट रहेको प्रतियोगिताका लागि सात प्रदेश र ३ वटा विभागिय टोलीबाट २४० जना खेलाडीले प्रतितस्पर्धा छन् ।

प्रतियोगिताका लागि प्रशिक्षक र व्यवस्थापकसहित कुल ३२० जना खेलाडीहरु सहभागी हुने नेपाल एथलेटिक्स संघका अध्यक्ष राजिवविक्रम शाहले जानकारी दिनुभयो । झण्डै ७० लाख रुपैयाँ खर्च प्रतियोगितामा प्रथम हुने खेलाडीले १५ हजार, दोस्रोले १० हजार र तेस्रोले ५ हजार नगदसहित ट्रफि, मेडल तथा प्रमाणपत्र पाउने छन् ।

प्रकाशित मिति : २०८३ असार ३ गते बुधबार