विश्वविद्यालयकाे चाैथाे दीक्षान्त समाराेहमा सहभागी अतिथीहरु
सुर्खेत । मध्यपश्चिम विश्वविद्यालयका एक हजार ९ सय २८ जना विद्यार्थी दीक्षित भएका छन् । बुधबार सम्पन्न चौथो दीक्षान्त समारोहमा विद्यार्थीहरु दीक्षित भएका हुन् । दीक्षित हुनेहरुमध्ये १ हजार २ सय २२ जना स्नातक, ६ सय ९४ जना स्नातकोत्तर र १२ जना दर्शनाचार्य तहका विद्यार्थीहरु छन् ।

विश्वविद्यालयकाे चाैथाे दीक्षान्त समाराेहमा सहभागी विद्यार्थीहरु
समारोहमा विश्वविद्यालयका सहकुलपति युवा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सर्वोत्कृष्ट अंक प्राप्त गरेका विद्यार्थीहरुलाई कुलपति, उपकुलपति र विभिन्न ग्राजुएट स्कुलबाट स्नातकोत्तर तहका लागि डीन लिष्टमा परेका विद्यार्थीहरुलाई प्रमाणपत्र पदक प्रदान गरेका छन् ।

विश्वविद्यालयकाे चाैथाे दीक्षान्त समाराेहमा सहभागी विद्यार्थीहरु
कार्यक्रमलाई सम्बोधन गर्दै सहकुलपति पोखरेलले विश्वविद्यालको पाठ्यक्रमलाई आधुनिक र रोजगारमूलक बनाउने बताए । उनले विश्वविद्यालयलाई आधुनिक र रोजगारमूलक बनाउन पूर्वाधार र विशेषज्ञको भरपूर प्रयास गरिएको समेत बताए ।

विश्वविद्यालयकाे चाैथाे दीक्षान्त समाराेहमा सहभागी विद्यार्थीहरु
सुर्खेतमा रहेको मध्यपश्चिम विश्वविद्यालयलले स्थानीय आवश्यकताको पहिचान गर्दै पर्यटन, जलस्रोत र संस्कृतिक धरोहरको प्राथमिकतामा राख्नुपर्ने उल्लेख गरे ।

विश्वविद्यालयकाे चाैथाे दीक्षान्त समाराेहमा सहभागी विद्यार्थीहरु
प्रतिक्रिया दिनुहोस्