२०८३ साउन ९ , शनिबार
बुधबार एमयूको दीक्षान्त समारोह

एकै पटक १९ सय २८ जना विद्यार्थी दिक्षीत हुने



सुर्खेत । मध्यपश्चिम विश्वविद्यालयले एक हजार ९ सय २८ जना विद्यार्थीलाई दिक्षित गर्ने भएको छ । सोमबार पत्रकार सम्मेलन गरेर विश्वविद्यालयले आउँदो बुधबार हुने चौथो दीक्षान्त समारोह, १८ औँ सभा र १६ औँ वार्षिकोत्सवको अवसरमा विद्यार्थीलाई दीक्षित गर्न लागेको जनाएको छ ।


जसमध्ये १ हजार २२२ जना स्नातक, ६९४ जना स्नातकोत्तर र १२ जना दर्शनाचार्य तहका विद्यार्थीहरु दिक्षित हुने दीक्षान्त समारोहको सञ्चार तथा प्रचार–प्रसार उपसमितिका संयोजक डा. विष्णुकुमार खड्काले जानकारी दिनुभयो । समारोहमा सर्वोत्कृष्ट अंक प्राप्त गर्ने विद्यार्थीलाई कुलपति, उपकुलपति पदक र विभिन्न ग्राजुएट स्कुलबाट स्नातकोत्तर तहका लागि डीन लिष्टमा परेका ५ जना र स्नातक तहबाट ७ जना विद्यार्थीहरुले प्रमाणपत्र पदक पाउने छन् ।

प्रकाशित मिति : २०८३ असार १ गते सोमबार