
सुर्खेत । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३÷०८४ का लागि ३५ अर्ब ३९ करोड ८५ लाख ४८ हजार बराबरको बजेट सार्वजनिक गरेको छ । सोमबार प्रदेशसभामा बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजना मन्त्री राजीबविक्रम शाहले बजेट सार्वजनिक गर्नुभएको हो । चालु आर्थिक वर्षका लागि ३२ अर्ब ९९ करोडको बजेट ल्याएको सरकारले आगामी आर्थिक वर्षका लागि ७.२८ प्रतिशतले बृद्धि गरेर बजेट सार्वजनिक ल्याएको हो । प्रदेशको कुल बजेटमध्ये चालुतर्फ ८ अर्ब ६० करोड ४५ लाख ५६ हजार, पूँजिगतर्फ २० खर्ब ७४ करोड ६७ लाख १२ हजार, बित्तीय व्यवस्थापनतर्फ ५० करोड र स्थानीय तहमा वित्तिय हस्तान्तरणतर्फ ५ अर्ब ५४ करोड ७२ लाख ८० हजार बिनियोजना गरेको छ ।
प्रकाशित मिति : २०८३ असार १ गते सोमबार
प्रतिक्रिया दिनुहोस्