सुर्खेत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)काे कर्णाली प्रदेश अधिवेशन अाज (अाइतबार)देखि सुर्खेतकाे वीरेन्द्रनगरमा हुने भएकाे छ ।
विहार ११ बजेदेखि शुभ हाेटलमा शुरू हुने अधिवेशनका लागि महामन्त्रीहरू भूपवेद शाह, कविन्द्र बुर्लाकाेटी र सह-महामन्त्री विपिन अाचार्य लगायतका नेताहरूले सम्बाेधन गर्ने कार्यतालिका रहेकाे छ ।

अधिवेशनमा प्रदेशभरका ५०२ जना प्रतिनिधिहरू सहभागी छन् । रास्वपाकाे प्रतिनिधि हुने अधिवेशन हुनुभन्दा १५ दिन अघि नै पार्टीकाे अत्यावधिक भइसकेकाे स्नातक तह पास वा कुनै पनि क्षेत्रमा ५ वर्ष कार्य अनुभव वा असाधारण शक्ति भएकाे व्यक्ति पालिकाबाट सिफारिसकाे अाधारमा प्रतिनिधि हुन पाउने व्यवस्था छ ।
प्रकाशित मिति : २०८३ जेठ ३१ गते आइतबार
प्रतिक्रिया दिनुहोस्