सुर्खेत । कर्णाली प्रदेशसभा सदस्यहरूले एअाइ टुल (अाटिसिफिल एन्टिलिजेन्स) प्रयाेग गर्न सिकेका छन् ।
यसअघि एअाइकाे विषय सुनेका तर यसकाे व्यवहारिक प्रयाेग गर्न नजानेका प्रदेशसभा सदस्यहरूले शनिबारदेखि व्यवहारिक रूपमै एअाइ प्रयाेग गर्न सिकेका हुन् ।
प्रदेश तथा स्थानीय शासन सुदृढीकरण कार्यक्रम प्रदेश कार्यक्रम सहयोग एकाई सुर्खेतले प्रदेश सभा सदस्यहरूका लागि संसदीय अभ्यासमा एअाइको प्रयोग सम्बन्धी क्षमता विकास कार्यक्रम नै राखेर एअाइकाे प्रयाेग गर्न सिकाएकाे हाे ।

एअाइ तालिममा सहभागी कर्णाली प्रदेशसभा सदस्यहरू ।
कार्यक्रममा एअाए विज्ञ प्रवेश सुवेदीले प्रदेशसभा सदस्यहरूलाइ एअाइएकाे टुलहरूकाे पृष्ठभूमी सहित एअाइका विभिन्न टुलहरू, दैनिक जीवनमा यसकाे प्रयाेग र प्रभाव लगायतका विषयमा प्रशिक्षण गरे ।
तालिमपछि प्रदेशसा सदस्यहरूले च्याट चिपिटीबाट कार्यक्रमका लागि अाफूलाइ अावश्यक पर्ने भाषणदेखि दिपशिखबाट अनुसन्धानका लागि बृहत जानकारी पाउन समेत जानेका छन् । कुन कार्यक्रममा कसरी भाषणलाइ उत्कष्ट बनाउने, सम्बन्धित क्षेत्रमा थप विषयहरू कसरी पत्ता लगाउने, हरेक विषय बस्तुलाइ चित्र, चार्ड र अडियाे भिडियाेमा समेत कसरी थप सरल बनाउने भन्ने लगायतकाे व्यवहारिक प्रयाेग गर्न सक्षम भएका छन् ।
कर्णाली प्रदेशसभा सचिवालयसँगकाे समन्वय र संसद सहयाेगमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तरगतकाे प्रदेश तथा स्थानीय शासन सुदृढीकरण कार्यक्रम प्रदेश कार्यक्रम सहयोग एकाई सुर्खेतले सुर्खेतकाे वीरेन्द्रनगरमा कार्यक्रम अायाेजना गरेकाे थियाे ।
तालिमकाे समापन गर्दै कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कडेलले प्रदेशसभाका सदस्यहरू प्रविधिमैत्री एअाइकाे क्षमता विकास तालिम गरिएकाे बताउनु भयाे ।

मुख्यमन्त्री कँडेलले बजेट सक्नका लागि नभइ प्रदेशसभा सदस्यहरूलाइ समयानुकुल र प्रविधिमैत्री बनाउन एअाइ तालिम गर्नु परेकाे बताउनु भयाे । “प्रविधिकाे युगमा जनप्रतिनिधिहरूले पनि अाफूलाइ त्यस अनुकुलमा ढाल्नु अावश्यक छ” उहाँले भन्नुभयाे, “याे केवल कार्यक्रम गर्नका लागि गरिएकाे हाेइन, प्रदेशसभा सदस्यहरूकाे क्षमता अभिबृद्दीका लागि गरिएकाे कार्यक्रम हाे ।” तालिमले प्रदेशसभा सदस्यहरूलाइ कानुन निर्माण र अन्य कार्यसम्पादनमा सहयाेग मिल्ने अपेक्षा राख्नुभयाे ।
त्यस्तै प्रदेशसभास सदस्य एवम् पूर्व मुख्यमन्त्री राजकुमार शर्माले एअाइकाे तालिमले निकै महत्वपूर्ण र उपलब्धिमूलक भएकाे बताउनु भयाे । “अहिलेकाे समयमा प्रदेशसभा सदस्यहरू पनि प्रविधिमैत्री हुन अावश्यक छ” उहाँले भन्नुभयाे, “ढिलै भए पनि प्रविधि चलाउन सकियाे, याे हाम्राे लागि निकै महत्वपूर्ण भयाे ।”
नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक हिक्मत विष्टले पनि एअाइएकाे तालिम उपलब्धिपूर्ण भएकाे बताउनु भयाे । एअाइएकाे तालिमले प्रदेशसभा सदस्यहरूलाइ कानुन निर्माण र दैनिक कार्यसम्पादनका लागि ठूलाे सहयाेग पुग्ने अपेक्षा राख्नु भयाे । प्रदेशसभा सदस्य महेन्द्र केसी, जीतबहादुर मल्ल र उर्मिला विश्वकर्माले पनि तालिममा सिकेका कुराहरू व्यवहारमा लागू गर्ने बताउनु भयाे ।

तालिममा सहभागी कर्णाली प्रदेशसभा सदस्यहरू ।
प्रदेशसभा सदस्यहरूकाे क्षमता अभिबृद्दीका लागि भएकाे कार्यक्रम कर्णाली प्रदेशसभा सचिवालयकाे समन्वय र संसद सहयाेग परियाेजनाकाे सहकार्यमा भएकाे हाे । कार्यक्रममा प्रदेशस सकारका मन्त्रीहरू, प्रदेशसभा सदस्यहरू, प्रदेश सरकारका प्रमुख सचिव वीरेन्द्रकुमार यादव, प्रदेशसभा सचिव डा. अर्जुन खड्का लगायत सहभागी हुनुहुन्थ्याे ।
प्रतिक्रिया दिनुहोस्