सुर्खेत । सुर्खेतकाे वीरेन्द्रनगरमा शनिबारदेखि विद्यालयस्तिरय फुटसल प्रतियाेगिता शुरू भएकाे छ ।
वीरेन्द्रनगर-४ मा रहेकाे एसजीसिक्स फुटबल एकेडेमीले विद्यालयस्तरबाट फुटबल खेलाडीहरू उत्पादन र खेलाडीहरूलाइ प्राेत्साहन गर्ने उद्देश्यले प्रतियाेगिता आयाेजना गरिएकाे हाे । प्रतियाेगितामा वीरेन्द्रनगरका विभिन्न २१ वटा विद्यालयका खेलाडीहरू सहभागी छन् ।

प्रतियाेगितामा प्रथम हुनुले २५ नगद, मेडल तथा प्रमाणपत्र र दाेस्राे हुनुले १० हजार नगद, मेडल तथा प्रमाण पत्र पाउने राष्ट्रिय फुटबल खेलाडी एवम् एसजीसिक्स फुटबल एकेडेमीका सञ्चालक सुदिप गुरूङले जानकारी दिनुभयाे ।

फुटबल एकेडेमीकाे सक्रियतामा भएकाे प्रतियाेगितामा आइतबारसम्म चल्ने छ । प्रतियाेगितामा बेष्ट प्लेटर हाइस्काेर र बेष्ट गाेलकिपर समेतलाइ प्राेत्साहन तथा सम्मान स्वरूप फुटबल सामग्री प्रदान गरिने गुरूङले जानकारी दिनुभयाे ।
प्रतिक्रिया दिनुहोस्