
सुर्खेत । भौगोलिक रुपमा विकट रहेको कर्णाली विपत्तिको बदशाला बनेको छ । बाढी, पहिरो, आगलागी र चट्याङ्ज जस्ता घटनाका कारण कर्णाली विपत्तिको पनि बदशाला बन्न पुगेको हो । जसको गतिलो उदाहरण पछिल्लो दुई महिनामा प्रदेशभर भएका विपदजन्य घटनालाई लिन सकिन्छ ।
कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार दुई महिनाको अवधिमा मात्रै कर्णालीमा तीन सयभन्दा बढी विपतजन्य घटना भएको छन् । यी घटनामा परेर ७ जनाको मृत्यु भएको छ भने ३९ जना घाइते भएका छन् ।
गएको जेठ १८ गतेदेखि भदौ ८ गतेसम्म प्रदेशभर भएका बाढी, पहिरो, चट्याङल गायतका ३ सय ८ वटा घटनामा परी ७ जनाको ज्यान गएको छ भने ३९ जना घाइते भएका हुन् । घटनामा ३ सय ४२ वटा भौतिक संरचनामा क्षति पुगेको कर्णाली प्रदेश प्रहरी कार्यालयका डिआइजी माधवप्रसाद श्रेष्ठले जानकारी दिए । उनका अनुसार यी घटनामा परेर तीनसय सय ११ पशुचौपाय मरेका छन् । जसमध्ये रुकुमपश्चिममा ५५ वटा, जाजरकोटमा र कालिकोटमा समान ४६÷४६ वटा, सुर्खेतमा २२, दैलेखमा ३९ वटा, सल्यानमा २९ वटा, हुम्लामा १४ वटा र डोल्पामा १७ वटा विपद्का घटना भएका छन् ।
घटनामा परेर रुकुम पश्चिममा एक जना,जाजरकोटमा दुई जना, सुर्खेतमा पनि दुई जना, डोल्पा र मुगुमा एक÷एक जना, मुगुमा तीन जना र कालीकोटमा एक जनाको मृत्यु भएको छ । त्यस्तै सोही घटनामा रुकुम पश्चिम एकजना, जाजरकोटमा तीन जना, सुर्खेतमा ८ जना, डोल्पामा ६ जना
दैलेखमा ९ जना, सल्यानमा ७ जना र कालिकोटमा एक जना घाइते भएको प्रदेश प्रहरीले जनाएको छ । विपदजन्य घटनाबाट रुकुम पश्चिममा ५२ वटा, जाजरकोटमा ५६ वटा, सुर्खेतमा २१ वटा, डोल्पामा ३७ वटा, मुगुमा २५ वटा, दैलेखमा २४ वटा, सल्यानमा २६ वटा र कालिकोटमा ४५ भौतिक संरचनामा क्षति पुगेको छ । घटनामा परेर जाजरकोटमा ८ वटा, सुर्खेतमा २ वटा, मुगुमा ४५ वटा, दैलेखमा ९ वटा, सल्यानमा ८ वटा र हुम्लामा ७ वटा पशु चौपाय मरेका छन् । तर चट्याङमा परेर दुई सय ६८ पशुचौपाय मरेका छन् ।
प्रतिक्रिया दिनुहोस्