२०८३ जेठ २५ , सोमबार
सुर्खेतमा निर्माण व्यवसायीको नयाँ नेतृत्व

अध्यक्षमा खगेन्द्र विक्रम राणा सर्वसम्मत



सुर्खेत । निर्माण व्यवसायी एकता समाज सुर्खेतको साधारण सभाबाट नयाँ कार्यसमिति सर्वसम्मत रूपमा निर्वाचित भएको छ। सुर्खेतका निर्माण व्यवसायीहरूको छाता सङ्गठनको रूपमा रहेको यस समाजको साधारण सभाले खगेन्द्र विक्रम राणाको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध चयन गरेको हो।

​नवनिर्वाचित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा बिक्रम गिरि र उपाध्यक्षमा राजेन्द्र शाही सर्वसम्मत चयन भएका छन्। यसैगरी संस्थाको प्रशासनिक तथा आर्थिक कमान्ड सम्हाल्ने गरी महासचिवमा चित्र नाथ योगी, सचिवमा टोपबहादुर महतारा र कोषाध्यक्षमा मङ्गल श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन्। कार्यसमितिको महिला सदस्यमा पुनम खड्का चयन भएकी छन् भने कार्यसमिति सदस्यहरूमा अर्जुनजङ्ग शाही, रमेश खत्री, खम्बबहादुर शाही र कृष्ण खड्का सर्वसम्मत रूपमा चुनिएका छन्।

​सुर्खेतमा विकास निर्माणका कार्यहरूलाई थप पारदर्शी, गुणस्तरीय र व्यवसायीमैत्री बनाउन नयाँ कार्यसमितिले महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। कार्यसमितिमा निर्माण क्षेत्रका अगुवा व्यवसायीहरू निर्विरोध चयन भएसँगै आगामी दिनमा व्यवसायीहरूको हकहित संरक्षण र संस्थागत विकासले थप गति लिने विश्वास लिइएको छ।

प्रकाशित मिति : २०८३ जेठ २५ गते सोमबार