२०८३ जेठ २५ , सोमबार
प्रदेश अस्पतालमा सेवा प्रवाह

दश महिनामै १ लाख ६६ हजार विरामीको उपचार



सुर्खेत । प्रदेश अस्पतालले असारदेखि चैत मसान्तसम्म १ लाख ६६ हजार ३ सय ११ जनालाई सेवा दिएको छ । जसमध्ये ८ सय ८० जना विपन्नको निःशुल्क उपचार गरेको हो ।
जसमध्ये सामाजिक सेवा एकाइ मार्फत विपन्न, असहाय, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक र महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई ठूलो राहत पु¥याएको हो । अस्पतालले ८८० जना बिरामीलाई सामाजिक सेवा एकाइबाट पूर्ण तथा आंशिक निःशुल्क सेवा दिएको हो । जसमा ३६ लाखभन्दा बढीको सहुलियत प्रदान दिएको छ ।


त्यस्तै, हेड इन्जुरी र स्पाइनल इन्जुरी भएका ५१ जना गम्भीर बिरामीको उपचारमा १३ लाख ५९ हजारभन्दा बढीको राहत उपलब्ध गराइएको छ । पोषण पुनस्र्थापना केन्द्रले कुपोषित बालबालिकाको स्वास्थ्य सुधारमा उदाहरणीय काम गरिरहेको छ ।

प्रकाशित मिति : २०८३ जेठ २४ गते आइतबार