सुर्खेत । कर्णाली प्रदेशको स्वास्थ्य उपचारको ‘लाइफलाइन’ मानिएको प्रदेश अस्पताल सुर्खेतले आफ्नो सेवा प्रवाह र संस्थागत विकासमा ऐतिहासिक फड्को मारेको छ ।
अस्पतालले हालै सार्वजनिक गरिएको न्यूनतम सेवा मापदण्डको मूल्याङ्कनमा उत्कृष्ट प्रदर्शन गर्दै ८८ प्रतिशत अंक हासिल गर्न सफल भएको छ । अस्पतालकी नर्सिङ प्रमुख शकुन्तला सापकोटाद्वारा प्रस्तुत प्रतिवेदन अनुसार सुशासन तथा व्यवस्थापन (२० प्रतिशत भार), क्लिनिकल व्यवस्थापन (६० प्रतिशत भार) र अस्पताल सहयोग सेवा मापदण्ड (२० प्रतिशत भार) गरी तीनवटै विधाको गहन मूल्याङ्कन पश्चात् अस्पतालले यो ऐतिहासिक सफलता प्राप्त गरेको हो ।
प्रकाशित मिति : २०८३ जेठ २४ गते आइतबार
प्रतिक्रिया दिनुहोस्