२०८३ साउन १४ , बिहीबार
वातावरण दिवस विशेष निबन्ध प्रतियोगिता

माेनिकाले हात पारिन प्रथम पुरस्कार



सुर्खेत । विश्व वातावरण दिवसको अवसरमा प्रदेश वन निर्देशनालय कर्णालीद्वारा आयोजित निबन्ध प्रतियोगितामा सैनिक आवासीय महाविद्यालयकी छात्रा मोनिका बडुवाल प्रथम भएकी छन्। वातावरण संरक्षण, सरसफाइ तथा जलवायु परिवर्तनसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ आयोजित उक्त प्रतियोगितामा उत्कृष्ट ठहरिँदै मोनिकाले नगद १५ हजार रुपैयाँसहित प्रमाणपत्र र ट्रफी हात पारेकी हुन्।

​निर्देशनालयले विद्यार्थी, शिक्षक तथा कर्मचारीहरूको सक्रिय सहभागितामा ‘वन वातावरण तथा जैविक विविधता संरक्षणमा विद्यार्थी नेतृत्वको भूमिका’ विषयक निबन्ध प्रतियोगिता आयोजना गरेको थियो। प्रतियोगितामा वीरेन्द्रनगर भित्रका ७ वटा माध्यमिक विद्यालयका कुल ४० जना विद्यार्थीहरूले आफ्नो लेखकीय क्षमता प्रस्तुत गरेका थिए।

​प्रतियोगितामा सैनिक आवासीय महाविद्यालयकै सिक्सटिना बोहराले द्वितीय स्थान हासिल गर्दै नगद १० हजार रुपैयाँसहित प्रमाणपत्र र ट्रफी प्राप्त गरिन्। त्यसै गरी, उषा बालबाटिका माध्यमिक विद्यालयकी जोसना बुढाले तृतीय स्थान हात पार्दै नगद ५ हजार रुपैयाँसहित प्रमाणपत्र र ट्रफी जितेकी छन्। प्रतियोगितामा उत्कृष्ट लेखन प्रस्तुत गर्ने अन्य विद्यार्थीहरू क्रमशः उषा बालबाटिकाका प्रिन्स पन्त, भैरव माध्यमिक विद्यालयका दिपेन्द्र शाही, अमरज्योति माध्यमिक विद्यालयका सुदर्शन अधिकारी, सरस्वती थापा र नविना गौतमले जनही २ हजार रुपैयाँ नगद, प्रमाणपत्र, मेडलसहित सान्त्वना पुरस्कार प्राप्त गरे।

प्रकाशित मिति : २०८३ जेठ २३ गते शनिबार