सुर्खेत । कर्णाली प्रदेश सरकारकाे नीति तथा कार्यक्रम सर्वसहमितले पारित भएकाे छ । शुक्रबार बसेकाे प्रदेशसभा बैठकमा कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले नीति तथा कार्यक्रम पारित गरियाेस भनेर राखेकाे प्रस्ताव सर्वसहमतिले पारित भएकाे हाे ।

नीति तथा कार्यक्रम पारित भएसँग सरकारलाइ अब नयाँ अार्थिक वर्षकाे लागि बजेट ल्याउने बाटाे खुलेकाे छ ।
सरकारले ल्याएकाे नीति तथा कार्यक्रम पुरानै कपी पेष्ट गरेकाे भन्दै प्रदेशसभा सदस्यहरूले अालाेचना गरेका थिए ।
प्रकाशित मिति : २०८३ जेठ २२ गते शुक्रबार
प्रतिक्रिया दिनुहोस्