२०८३ जेठ २२ , शुक्रबार
प्रथम मेयरकप

जुम्लालाइ हराउँदै वीरेन्द्रनगरकाे पाेल्टामा उपाधि



सुर्खेत । सुर्खेतकाे वीरेन्द्रगरमा भएकाे प्रथम मेयर कपकाे उपाधि वीरेन्द्रनगरले जितकाे छ । विहीबार भएकाे फाइनल खेलमा जुम्लालाइ १ का बिरूद्र शून्यमा हराउँदै वीरेन्द्रनगरले उपाधि हात पारेकाे हाे ।

विजेता वीरेन्द्रनगरले चार लाख नगद पुरस्कारसहित मेडल र प्रमाणपत्र समेत हात पारेकाे छ ।

निकै प्रतिस्पधार्मक भएकाे खेलमा जुम्लाले वीरेन्द्रनगरलाइ दवावमै राखेकाे थियाे । तर जुम्लाले गाेल फर्काउन नसक्दा उपविजेतामै सीमित भएकाे छ । उपविजेता जुम्लाले दुई लाख नगद पुरस्कार पाएकाे छ ।

प्रतियोगिताका उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई विभिन्न सात विधामा जनही १५ हजारका दरले ‘बेस्ट अवार्ड’, एक जनालाई प्लेयर अफ द म्याच पुरस्कार स्वरुप दुई हजार पुरस्कार पाएका छन् ।

प्रकाशित मिति : २०८३ जेठ २१ गते बिहीबार